दोलखामा शैक्षिक,बिज्ञान प्राविधि तथा सास्कृतिक ३ दिने महोत्सव



अन्मोल बस्नेत।दोलखा,जेठ–१८ दोलखामा शैक्षिक,बिज्ञान प्राविधि तथा सास्कृतिक ३ दिने महोत्सव यहि साताको बिहिवारबाट सुरु भएको छ।शैक्षिक गन्तव्य हाम्रो अभियान ,गुणस्तरीय शिक्षा दोलखाको शान भन्ने मुल नाराका साथ बिहिवारबाट दोलखाको सदरमुकाम चरिकोट स्थित कालिन्चोक माध्यमिक बिधालयको प्राङगणमा सुरु भइरहेको छ।महोत्सवमा दोलखा रहेका निजि तथा सामुदायिक बिधालयहरुका विद्यार्थीले तयार गरेका बिज्ञानसँग सम्बन्धि विभिन्न उपकरणका स्टलहरु राखिएको छ।यसैगरी परम्परागत प्रविधि ढिकी ,जातो,तोरी पेल्ने कोल ,अमिला जाति जाताका परमपरागत प्रबिधि झल्काउने बस्तुहरुका स्टलहरु महोत्सवका मुख्य आकर्षण बनेका छन्।

यसका साथै कृषि क्षेत्रमा प्रयोग गरिने आधुनिक उपकरणहरु,दोलखा माैलिक खालका उत्पादनहरु,अल्लोबाट बनेका सामग्रीहरु,कास्ठ कलाका सामग्रीहरु,हस्तकलाका साथै नेपाल पत्रकार महासँघ दोलखाले फोटो प्रदर्शनी पनि गरिरहेका छन। महोत्सवको अवसरमा पिएचडी गरेका दोलखालिहरुलाइ सम्मान गरिने कार्यक्रम रहेकोे महोत्सवले जनाएको छ।

महोत्सवले जिल्लालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने तथा सस्कृतिक सरक्षणको उद्देश्यले महोत्सवसुरु गरिएको भिमेस्वर नगरपालिका प्रमुख भरत बहादुर केसी जनाउनु भएको छ।महोत्सवको उद्घघाट गर्दै संघिय सरकारका कानुन न्याय तथा ससदिय मामिला मन्त्री शेर बहादुर तामाङले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निजि तथा सरकारी बिधालयको एउटै पाठयक्रम लागु गरी एकै प्रकारका जनशक्ति उत्पादन गर्ने तर्फ सरकारले छलफल गरिरहेको बताउनु भयो। महोत्सवमा दोलखाबाट निर्वाचित जन प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।