भवन निर्माण भएको तिन वर्ष बिति सक्दा समेत राबु गाउंघर क्लिनिक संञ्चालनमा अाउँन सकेन



राजेन्द्र कार्की|दोलखा,जेठ–२१ दोलखाको उत्तरी विकट अन्तिम गा.वि.स.साविक श्यामा वाड नं.७ हाल जिरी नगरपालिका २ राबु स्थित भवन निर्माण भएको तिन वर्ष बिति सक्दा समेत राबु गाउंघर क्लिनिक संञ्चालन हुँन सकेको छैन|

राबु आपसको समुदायलाई लाभान्वित हुने गरी बिनासकारी महाभुकम्प गए पश्चात वाल्ड भिजन संस्थाको सहयोगमा कुल लागत खर्च रु.१५,९७,४०२.५०मा स्थानीय साझेदार संस्था दिपज्योति समाज सुधार संघद्वारा सम्पन्न निर्माणधिन राबु गाउंघर क्लिनिकबाट स्थानीय समुदायले सेवा,सुविधाबाट बञ्चित र कर्मचारी अभावका कारण स्थानीय समुदाय समस्यामा परेका छन्|

सामान्य रुघाखोकी,झाडापखाला,ज्वारो आउंदा जिवनजल र सिटामोल लिन तथा नवजात शिशुलाई खोप तथा पोलियो थोपा खुवाउंन एक दिनको बाटो धाई जिरी नगरपालिका १ पुम्पा स्वास्थ्य चैकी जानु पर्ने र सामान्य चोटपटक लाग्दा जिरी अस्पताल धाउंनु पर्ने स्थानीयको गुनासो छ|