जरिङ्गाेकाे सागको तरकारी खाँदा,एकै परिवारका ४ जना बिरामी



अन्मोल बस्नेत।दोलखा,जेठ–२२ जरिङ्गाेकाे सागको तरकारी खाँदा दोलखाको बैतेस्वर गाउँ पालिका वडा न.८ एबोमा एकै परिवारका ४ जना बिरामी परेका छन।बिरामी पर्नेहरुमा हरि बहादुर बस्नेत ,लक्ष्मी बस्नेत,रित बहादुर बस्नेत र नरमाया बस्नेत रहेको बैतेस्वर गाउँ पालिका वडा न.८ का वडा अध्यक्ष रमेश अधिकारीले जानकारी दिनु भयो। बिरामीहरुको अहिले मैनापोखरी उपचार भैरहेको रहेको र बिरामी परेका मध्य हरि बहादुर बस्नेत जरिङ्गोको तरकारी खाएको करिब ३ घन्टा देखि बेहोस अबस्थामा रहेको र अहिलेसम्म पनि बेहोस हरि बहादुरको होस नखुलेकोले थप उपचारको लागी सदरमुकाम दोलखामा स्थित सामुदायिक अस्पतालमा थप-उपचारका लागी पठाएको बैतेस्वर गाउँ पालिका प्रमुख छबि लामाले जानाकारी दिनुभयो।