काेरियामा पाँच उत्कृष्ट निबन्धकार सम्मानित


राजेन्द्र कार्की।दक्षिण काेरिया असार ९,नेपाली राजदुतावास दक्षिण कोरियाद्वारा आयोजित “श्रम कोरियामा उद्यम नेपालमा” निबन्धका उत्कृष्ट पाँच निबन्धकार सम्मानित भएका छन।

नेपाली राजदुतावासद्वारा गत आइतबार ईन्छनमा आयोजित एक समारोहमा विजेताहरु घोषणा गर्दै बैतडीका खेम साउद प्रथम,ताप्लेजुङका सुमन राई द्वितिया र ललितपुरका पर्शुराम सापकोटा तृतीय भएका छन।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ लाख, डेढ लाख र १ लाख वनसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।त्यस्तै ठगेन्द्र न्यौपाने र सन्तोष खड्काले सान्त्वना स्थान हाँसिल गर्दै जनही पचहत्तर हजार वनसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए।

प्रतियोगितामा कोरियामा रहेका २४ जना नेपाली निबन्धकारहरु सहभागीता रहेको थियो।प्रतियोगितामा कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बास्तोला, सउल नेस्नल युनिभर्सिटीमा पिएचडी अनुसन्धानरत डा. प्रकाश धमला लगायत तीन जनाको मुल्याङ्कन समिति रहेको थियो।

साेहि कार्यक्रममा कोरियाका लागि नेपाली कार्यवाहक राजदुत किरण शाक्य, एनसीसी अध्यक्ष अन्जु केसी, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रंजन कुँवर, एनआरएन आइसीसी सदस्य डा. प्रकाश धमला, एनआरएन प्रतिनिधी कमला गुरुङ लगायत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)