मुसा बिरालाको खेलमा दलित:भाेलाप्रसाद लाेहनी



काठमाण्डौं।मुसाहरुले एक दिन विचार गरेछ कसरी हामीहरु बिरालोबाट मुक्ति पाउने?बिरालाहरूलाई कसरी परास्त गर्ने?कसरी संघर्ष गर्ने?मुसाहरुले बृहत छलफल पछि एउटा संगठन निर्माण गरे।आफ्नो संघर्षको दौरानमा नाइके मुसोले भने कसले के समाउने?भन्दा संगठनका सदस्य मुसाहरु मध्ये कसैले भने म बिरालाको पुच्छर समात्छु,कसैले भने म जिउ समात्छु,कसैले भने म कान समात्छु,कसैले भने म नाक समात्छु,कसैले भने म घाँटी समात्छु,तर जब मियाऊधर् समात्ने बेला आयो तब मियाऊधर कसले समात्ने भने पछि कुनै मुसोले मियाऊधर समात्न अघि सरेन।अन्ततोगत्वा मुसाहरुको संगठन नै सिधियो।अन्तमा चलाक मुसाहरुले बिरालाको गुलामी स्वीकार गर्दै संगठनबाट फुटेर एक्लै सरदार बनने चाहनामा बिरालोको आहारा बनेर सबै सिधिए । त्येस्तै छ यांहाका दलित आन्दोलन र दलित नेताहरुको संगठन ………।

दलितहरुलाई दलित नेताहरुले राजनीतिक लडाइबाट राजनीतिकमा दलितलाई स्थापित गरी सकियों भन्छन , दलितहरुको संबिधानमा दस्ताबेज बनाई स्थापित गरी सकियो भन्छन , फेरी केका लागि संघर्ष , के का लागि आन्दोलन ? पाएको ईज्जत , सम्मान पनि गुम्ने अबस्था आइसकियो ? दलित शब्द नै अपमानजनक अर्थ दिने शब्द बनि सकियो , फेरी दलित बनाउन कै लागि संघर्ष रे ……………! दलित मुक्तिको लागि संघर्ष रे ! कस्तो मुक्ति खोजेको हो दलित नेताहरुले बुझ्ने सकिएन।एकशौं सदाब्दीमा झन् दलित शब्द अपमानित चरित्रका शब्द बनिसकियो , त्येपनि भन्छन गर्व गरौँ।यो शब्द मानव अधिकार बिरुद्धको शब्द बनि सकियो , त्येसैले यसको बिकल्प खोज्न जरुरी छ…………।
दलित बनाएर होइन , मानवतामा उनीहरुको ईज्जत र सम्मानको लागि संघर्ष गरौँ ! मानव अधिकारको सम्मान गर्न सिकौं।