देश-रबिना कार्की



“गजल”
देशको मुटु राजधानी सुनसान कसरी भयो।
बडेमान हरू कै बस्ति चिहान कसरी भयो।

फासी चढाउनु पर्ने गलामा फुलमाला चढाएर
किन सोध्नुहुन्छ मृत्युको अपमान कसरी भयो।

बलत्कार हुदा चेलिको चीत्कार कसैले सुनेन
महोदय फेरि त्यो भित्ताको कान कसरी भयो।

उसले गला रेटेरै आमाको अस्तित्व मेटाएको हो
सोच्नुस यती सम्म निर्दयी सन्तान कसरी भयो।

जघन्य अपराध हुदा पनि सजाय नहुने मेरो देशमा
अचम्म कानुन कस्तो बन्यो संविधान कसरी भयो।

-रबिना कार्की(दोलखा)