तीन बर्ष कोरिया बसाई पछि देखेको नयाँ नेपाल


दक्षिण काेरिया।जन आन्दोलन २०६२/६३ को पछिको लोकतान्त्रीक गणतन्त्रको आगमनले आम नेपालीमाझ ठुलै खुसी बााडेको थियो । गणतन्त्र नेपालको आगमनसँगै नेपालमा विकासका मुलहरु फुट्छन् सबैको मुहारमा खुसीको लहर छाउनेछ, शिक्षा, स्थास्थ्य, खानेपानी, रोजगारी जस्ता आधारभूत कुराहरुको लागि अब नेपालमा कुनै दुःख हुने छैन, यस्तै आशा थियो जनमानसमा । गणतन्त्रको आगमन र यसलाई स्थागत स्थापीत गर्नै १० बर्ष माथि लाग्यो।

नयाँ संविधान र गणतन्त्रको विधिवत स्थापना गर्न लागेको यो १० बर्ष भन्दा लामो समयको अन्तरलामा आम नेपाली माझ ती आशा, सपनाहरु सबै सिसा झै टुक्रिएर गए । विकास, रोजगार, शिक्षा, स्वास्थ्य पाउने आशामा रहेका आम नेपालीहरु नेपाली राजनीति देखी विरत्तिदै गएको कुरा छर्लङ छ । गणतन्त्रको स्थपनाले मूलतः विकास भन्दा भ्रष्टचारलाई बढावा दिदै गयो । भ्रष्टाचार विरुद्ध उठेका कैयौं आजावहरु कुल्चिएर गएको पनि हामीले देखेकै छौं । आशामा रहेका आम नेपालीहरु निराशामा बदलिए, मूलतः रोजगारीका लागि नेपालीहरु विदेशीनु पर्दैन यही ठम्याई थियो सबैको,त्यो हुन सकेन।

बर्षेनी खरबौं नेपाली रुपैया हावामा उडिरहेको छ बैदेशिक रोजगारीको नाममा । साच्चै हिसाब नै गर्ने हो भने बर्षेनी २० हजार नेपालीलाई दिर्घकालिन रोजगारी दिनसकिने रुपैया फजुलमा खर्च भईरहेको छ । पछिल्लो समयमा दक्षिण कोरिया र जापनको रोजगारीको आशामा त झनै खरबौं रुपैया बर्षेनि सकिरहेको छ । उदाहरणको लागि यही जेष्ठमा भएको कोरियन भाषाको परिक्षाको कुरा गरौं । ९२ हजार बढीले परिक्षाका लागि आवेदन दिएका थिए ९२००० गुणा २६०० सय बराबर २३ करोड ९२ लाख रुपैया परिक्षाको लागि आवेदन दिदा मात्र सकियो । ती ९२ हजार मध्ये कोरिया जान पाउने भनेको ९ हजार भन्दा माथी हुँदैन । ती ९ हजारले ५ बर्षमा नेपाल पठाउने रेमिट््यान्स भनेको यहाँ एक बर्षमा भाषा परिक्षा आवेदन दस्तुर, भाषा अध्ययनमा लागेको कुल रकम पनि हुँदैन । त्यसै गरी ती ९२ हजारले कोरियन भाषा अध्ययनका लागि प्रतिब्यत्ति कम्तीमा १५००० हजार खर्चेका छन् । ९२ हजार गुणा १५ हजार गर्ने हो भने १ खरब ३८ करोड रुपैया हुन आउँछ।

भाषा परिक्षा र भाषा अध्ययनमा लागेको खर्च हिसाब गर्ने हो भने झण्डै दुई खरब हुन आउँछ । यो रुपैया बर्षेनी खर्च भईरहेको छ ।यही बर्षबाट जापान पनि नेपालीको लागि रोजगारीको लागि खुल्यो भन्ने हल्लाले यो भन्दा बढी रुपैयाँ जापानीज भाषा अध्ययनका लागि सकिरहेको छ । साउदी अरब, दुबई, कतार, मलेसिया, ओमन, रोमानिया, साईप्रस, कुबेत लगायतका अन्य थुप्रै देशहरुका लागि बैदेशिक रोजगारीको नाममा नेपालको प्रत्येक आर्थिक बर्षको बजेट बराबर रुपैयाँ सकिरहेको छ, तर कसैको पनि यतातिर ध्यान जान सकेको छैन।

बैदेशिक राजगारीमा जानेहरुको रुपैयाँ मात्र संकलन गर्न सके कुनै पनि नेपालीले बैदेशिक रोजगारीका लागि जानु पर्दैन । यही नेपालमै रोजगारी निर्माण गर्न सकिन्छ । यती मात्र हो राज्य चलाउनेले राज्यका नागरिकलाई विस्वास दिलाउन सक्नुपर्छ । बिडम्बना सरकार वा कुनै पनि संघसंस्थाको यतातिर ध्यान जान सकेको छैन । त्यतीकै देशले अग्रगामी छलाङ् वा विकास तिब्र गतीमा दौडिरहेको छ भन्दै हावामा फ्याक्ने बाहेक केही भएको छैन, र यही गतीमा गयो भने देश विकास त अधोविकास तिर जाने पक्का छ ।

निर्वाचन पश्च्यात नेकपाको दुई तिहाईको सरकार बन्यो । आम नागरिकमा उत्साह थियो, अब देशले काँचुली फेर्छ, केपी ओली राम्रो काम गर्ने नेता हुन्, भन्ने धेरैलाई थाहा थियो । आशा थियो अब युवा विदेशीनु पर्दैन । चुनावअघी नेकपाले ठुला ठुला कुरा पनि गरेको थियो । कुनै समयमा प्रम केपी ओली ज्युले म घुस पनि खान्न र खान पनि दिन्न भन्नु भएको थियो । प्रमको यो कुरा सबैले विश्वास गरेका थिए । तर भ्रष्टाचारका ठूला ठूला काण्डहरु नेपालमा थुप्रै भईसकेका छन् । यहाँ मैले सबै काण्डहरु निकाल्न जरुरी ठानीन।प्रमको बोली र नेपाली जनताले गरेको विश्वासको कुठराघात भएको छ । भ्रष्टाचारका यत्रा यत्रा काण्डहरु भए त्यसको विरुद्धमा जनताहरु हुँदा निमर्मता पूर्वक कुटिन थालेका छन् । जसको उदाहरणको लागि सामाजिक अभियन्ता भनेर चिनिदै आएका ज्ञानेन्द्र शाहीमाथिको प्रहारको प्रहारलाई लिन सकिन्छ ।

३३ किलो सुन काण्ड, विमान काण्ड, राष्ट्रपतिको विलासी चाहनाको काण्ड वा विवाद भनौं वा जब प्रमज्यू स्वयम्ले भारतीय राष्ट्रपतिले ६२ पटक मेरो सरकार भनेका छन् भन्नु भयो । यहाँ मैले के भईरहेको छ भनिरहनु पर्दैन् सबैले देखिरहेका छन् भोगीरहेका छन् । नेपालमा प्रचलन यहाँको लापरबाहिले गर्दा म पनि देश छोडेर बैदेशिक रोजगारीका लागि विदेशिएको थिएँ । लगभग ३ बर्षको अन्तरला पछि नेपाल फर्किनुभन्दा अगाडी हाम्रो देश नेपालमा धेरै विकास भयो होला शुसान आयो होला भन्ने साचेको थिएँ तर यहाँ केही पनि भएको पाईन, देखिन । ज जुन देशमा छु त्यो देशमा भ्रष्टाचार छैन यही भयो भने राष्ट्रपति होस वा प्रधानमन्त्री कारवाहीको दायरामा ल्याईन्छ जेल चलान हुन्छ । आम नागरिकहरु अनुसानमा छन् । नियम कानून सबैले मान्छन् आफ्नो विकास र देशप्रति बफादार छन् । आफ्ना नेता तथा राज्य चलाउनेहरुप्रति पूर्ण रुपमा विश्वस्त छन्, तर यहाँ नेपालमा भ्रष्टचारीलाई कारवाही हुँदैन, भयो भने पनी २÷४ बर्ष हुन्छ अनि फेरी छुटेर शत्तामा जान्छ र फेरी त्यही गर्छ । यहाँ कसैलाई डर छैन । कानून विश्लेषकहरु भन्छन् हाम्रो देशको जस्तो राम्रो संविधान अन्य कुनै देशमा छैन तर यहाँ जस्तो फितलो र लापवाही अनि ठूलाई चैन सानालाई ऐन जस्तो कहि पनि छैन । भर्खरैको कुरा हो म जुन देशमा छु त्यो देशमा एक सांसदले एउटा कम्पनीमा आफ्नी छोरीका लागि जागीर मागिदिदा कारवाही भएर सांसदबाट बर्खास्त हुनु परेको थियो । तर हाम्रो देशमा आफन्ती र आसेपासे देखी बाहिर कसैको कुनैपनि कुरामा चान्स छैन ।

देशको भ्रष्टाचार नियन्त्रण गर्ने गरी शुसासन कायम गर्ने मुख्य जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । उत्त आयोगका प्रमुखले समेत राज्यबाट दोहोरो सुविधा लिनुले देश कुन गतिमा दौडिरहेको छ, प्रष्टै देखिन्छ । केही समय अघी आयोग कै एक सदस्यले घुस लिएको प्रमाणित भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए । संविधानले स्वच्छ छबी र उच्च नैतिकता भएका ब्यक्ति संवैधानीक निकायका पदाधिकारी बनुन् भन्ने अपेक्षा गर्छ, तर यस्ता ब्यक्तिहरु नै महत्वपूर्ण ओहोदामा रहीरहे देश कहाँ पुग्ला ?स्थानीय निकाय देखि लिएर देशको सर्वोच्च अदालत होस वा विभिन्न मन्त्री मण्डल सबैतिर भ्रष्टाचार ब्यप्त छ।

यसलाई सुधार्ने कुराहरु समय समयमा भईरहन्छन् तर रतीभर पनि हुन सकेको छैन, अनि देश विकासको गतिमा दौडिरहेको छ भन्दै डंका फैलाउन कोही पनि नेता मन्त्रीहरु पछि परेका छैनन् । समग्रमा भन्नु पर्दा यहाँ आशा भन्दा निराशा बढी देखिन्छ, विकास भन्दा विनास देखिन्छ । नेपालको उर्भर भूमि मरुभूमिमा परिणत हुँदैछ । कृषि योग्य जमीनहरु प्लटीङमा परिणत हुँदैछन् । स्वदेशमै केही गरौं भन्नेहरु विदेशिन बाध्य छन् । प्रत्येक बर्षको नेपालको आर्थिक बजेट बराबरको रुपैया बैदेशिक रोजगारीको नाममा जादैछ, र पनि हामी विकास गर्दैछौं, अब नेपालीले विदेश जानु पर्दैन भन्दै भाषण गर्न छोडेका छैनौं आखिरी कहिले सम्म यस्तै गर्ने हो ? यो विषयमा सोच्ने कसले हो ?


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)