रामेछापमा जीप दुर्घटना चालकको मृत्यु,वडाध्यक्ष घाइते


कालिञ्चाेक संवाददाता।रामेछाप,रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छनशनिबार बिहान लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँको गुरुवाङमा ना ४ च ६२०५ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको हो।

दुरागाउँबाट दुरागाउँकै फेदी तर्फ जाँदै गरेको सुमो दुर्घटनामा चालक क्याल्बु तामाङको घटना स्थलमै मृत्यु भएको र लिखुतामाकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष निङ्मार तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।मृतक चालक पनि दुरागाउँकै रहेका छन् । वडा अध्यक्ष तामाङको सदरमुकाम मन्थलीमा उपचार भइरहेको छ।उनको अबस्था खतरामुक्त रहेको भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)