धान दिवस: विमला खड्का



अाज असार १५ राष्ट्रिय धान दिवसको शुभकामना

“गजल”
किसान दुख पाई रोप्नु छ धान
मेलामा पर्म लगाइ रोप्नु छ धान!!

हाली बाउसे रोपाहार खेतमा सबै
एक छिन छैन बसाइ रोप्नु छ धान!!

मेहनत परिश्रम पोखी गहरा भरी
हात पाखुरी चलाइ रोप्नु छ धान!!

हरियो बिउले कालो माटो सिगार्दै
हरियाली खेत सजाइ रोप्नु छ धान!!

असारे गित दोहोरी गाउदै मेलामा
हिलौरी खेलेरै रमाइ रोप्नु छ धान!!