दाेस्राे वर्षको यात्रामा कालिञ्चाेक [सम्पादकीय]


समग्र प्रविधि क्षेत्रको सर्व स्वीकार्य विधा सूचना प्रविधि र परिवर्तन तथा विकासको संवाहक सूचना समाचार,पछिल्लो समय देश विकासको मेरुदण्ड नै बन्दै गएको छ।सूचना प्रविधिको क्षेत्रमा भएको बहुआयामिक प्रभाव र विस्तारले विश्व साँघुरो ग्राममा परिणत हुँदै गएको सन्दर्भमा ग्रामिण कालिञ्चाेकलाई विश्व सामु पुर्याउने अठोटसहित पाइला टेकेको कालिञ्चाेक अनलाईन दाेस्राे वर्षमा प्रवेश गरेको छ। यस सन्दर्भमा यस अनलाईनलाई आजको अवस्थामा ल्याई पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दछौं।

अहिले दैनिक जिवनमै सूचना प्रविधि हावी भएकोले मानिसको दैनिकीमा ठूलो सहजता ल्याइदिएको छ।सानो सुचना प्राप्त गर्न निश्चित समयनै कुर्नुपर्ने वाध्यता अन्त्य भएको छ।त्यसैले सुचना प्रविधिको विकासको पदचाप पछ्याउँदै आज भन्दा ठिक १ वर्ष अगाडि २०७५ वैशाख १गते नयाँ वर्षकै अवसरमा कालिञ्चाेक अनलाईन डिजिटल पत्रकारीता सुरु गरेका थियौँ।

हरेक सुचना हरेक पलमा,हरेक मनमा पुर्याउने अभियान निरन्तर चलिरहेको छ।आम पाठकको मन जिताउने गरी हरेक समाचार सम्प्रेषण गरी सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी मित्रहरुप्रति कृतज्ञ रहँदै आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दछौं।

कम्प्यूटरको विकासबाट सुरुवात सूचना प्रविधिको क्षेत्रमा भएको गुणात्मक फड्को कम्प्यूटरकै सेरोफेरोमा अझ अंकुरीत,पुस्पित,पल्लवित हुँदै गएको छ।मानिसको चेतना विकास र भूमिकामा निरन्तर थप निखारता र नयाँ पन आइरहेकै छ।सोहि अनुरुप हामि पनि पछ्याउँदै जाने कोसिस गरिरहेका छौं।आम पाठक,विज्ञापनदाता,सहयोगी सबै प्रति पुन अनुग्रही रहन चाहन्छौं।

नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हकका साथै प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धि मान्यतामा आधारित भई यो पत्रिका सुरु गरिएको हो।

हालै संसदमा पुगेको मिडिया सम्बन्धि विधेयकले केहि आशंका वढाइरहेको सन्दर्भमा पक्कैपनि माननियहरुको सुझवुझले संविधानको मर्म अनुरुपनै अगाडि वढ्ने आशा व्यक्त गर्दछौं।

हामी निरन्तर मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, विभिन्न जातजाति,धर्म,सम्प्रादयबिचको सु–सम्बन्धमा खलल नपुग्ने र विश्वव्यापी मानवधिकारका मान्यतालाई आत्मसात गर्दै निरन्तर अगाडि बढ्ने प्रतिवद्धता र प्रण गर्दछौं।

धन्यवाद।

प्रधान सम्पादक
राजेन्द्र कार्की
एवम
कालिञ्चाेक अनलाईन परिवार


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)