स्वस्थ्य स्वयमसेबिका लाई ३० बर्ष पछि मोबाइल फोन



सुबास बस्नेत।दोलखा,६४ बर्षिय ईन्द्रकुमारी खतिवडा उनि गाउँकी स्वयमसेबिका हुन्।महिला स्वास्थ्य स्वंयमसेविकाको काम सुरु गरेको ३० वर्षपछि उनले मोवाईल फोन बोक्ने अवसर पाएपछि निकै हर्सित  भएकी छन् । हामीलाई  पत्यार नलाग्न सक्छ  आजकाल फोन नबोकेको कुरालाई नौलै मान्न सकिन्छ । नेपालमा चालू आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक सर्वेक्षण अनुसार गत फागुन सम्म ४ करोड ४ लाख ५७ हजार ४ सय ३२ जनाले सबै किसिमका टेलिफोन प्रयोग गर्ने गरेको पाइए पनि दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर ३ की यी महिला आफुले मोबाईल फोन प्रयोग गर्न पाउँदा निकै खुसी छिन्।

फोन बोक्ने अवसर वडा कार्यालयले मिलाई दिएको हो । दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ३ लामीडाँडाका वडा अध्यक्ष निसान बुढाथोकीले गत शनिबार वडा भित्र रहेका १३ जना महिला स्वंयम सेविकाहरुलाई सिमकार्ड सहित एक÷एक थान मोवाईल फोन वितरण गरेसँगै ६४ वर्षिय खतिवडालाई पनि फोन हस्तान्तरण गरेपछि मोबाईल बोक्ने अवसर मिलेको हो । यस अघि फोन नबोक्नु भएका खतिवडालाई फोन पाए पछि निकै खुसी लागेको र महिला र गाउँको स्वास्थ्य समस्या बारे अब फोन प्रयोगबाट थाहा हुने बताईन्।सम्मान गदै वडाले फोन सँगै एक थान छाता र झोला समेत दिएको छ ,खतिवडाले भनिन्,झोला,कपडा लगायतका सामाग्रीहरु थुपै पटक पाएको छु तर फोन भने पहिलो पटक पाएँ।

२०४६ सालबाट महिला स्वंयम सेविकाको काम सुरु गरेपनि खतिवडालाई फोन बोक्ने रहर निकै थियो ,तर खतिवडाले फोन बोकेकी थिईनन् । स्वयमसेबिकालाई कुनै पनि काममा वडाले सम्पर्क गर्नु पर्दा भेट्टाउन गाह्रो भएपछि उनिहरुलाई मोबाईल फोनको ब्यवस्था गरेको अध्यक्ष बुढाथोकी बताउँछन्।खतिवडालाई केहि भन्नु वा केहि कामको बारेमा जानकारी गराउनु प¥यो भन्ने छोराको फोनमा फोन आउथ्यो । स्वास्थ्य नै मानवको मुल धन हो ,यसलाई जोगाउनु मानवको प्रथम कर्तव्य भएकाले स्वास्थ्य क्षेत्रका सेवा सुविधा दु्रत गतिमा गुणस्तरिय सेवा दिनका लागि वडाले महिला स्वंयम सेविकाको मोवाइल वितरण गरिएको अध्यक्ष निसान बुढाथोकीले बताए । स्वास्थ्य क्षेत्रको कुनै कार्यक्रम हुँदा कार्यक्रममा सहभागि हुन पत्राचार गर्दा पत्र आएन, खबर भएन जस्ता समस्याहरु आउने गरेकाले स्वास्थ्य क्षेत्रमा सेवा दिन कठिनाइ भएको हुँदा वडामा रहेका १३ जना स्वयमसेविकाहरुलाई मोवाइल फोन वितरण गरिएको वडा नम्वर तीनका वडा अध्यक्ष निसान बुढाथोकीले वताए  ।

भिटामिन ए कार्यक्रम,खोप कार्यक्रम, गाउघर क्लीनिक कार्यक्रम, आमा समुहको बैठकमा सहभागी कार्यक्रम लगायत विभिन्न प्रकारको छलफल गर्दा चिठीबाट समयमै बोलाउन गाह्रो भएको हुँदा मोवाइल वितरण पछि स्वास्थ्य क्षेत्रको हरेक काम गर्न सहज गराउने उद्देश्यले फोन वितरण गरिएको लामीडाँडा स्वास्थ्यचौकीका ईन्चाज राजकुमार पट्ठेलले जानकारी दिए।मोवाइल पाएपछि खुशी हुर्दै महिला स्वंयम सेविकाले  हामीलाई काम गर्न हौसला बढेको बताएका छन्।