कोरियामा २.९० प्रतिशतले तलब वृद्धि,कामदार लाभान्वित



दक्षिण काेरिया।दक्षिण कोरियामा सन २०२०काे लागि मजदुरको न्युनतम तलब २.९० प्रतिशतले वृद्धि भएकाे छ।सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा हिजाे बिहीवार बिहीबार बसेको बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो।

साेही निर्णय अनुसार न्युनतम तलब २.९०% अर्थात २०४० वनले बृद्धि भएको छ। यसरी वृद्धि तलब अनुसार प्रत्येक कामदारको न्युनतम तलब प्रतिघन्टा ८५९० वन हुन पुग्छ।प्रत्येक हप्तामा ४० घण्टा र महिनामा २०९ घण्टा काम गर्ने कामदारले महिनामा १७,९५,३१० वन प्राप्त गर्ने छन।

प्रवासी मजदुर संगठन (एमटियु)का अध्यक्ष उदय राईका अनुसार यस अघि कम्पनी तथा ब्यबसायी पक्षले सानो ठुलो कम्पनी अनुसार फरक फरक न्युनतम ज्याला दिन पाउने नियम बनाउन पटकपटक सरकारसंग अाग्रह गरेका थिए।तर साे नियम पारित नभए पछि २ पटक बैठक बहिस्कार गरेकाे थियाे। त्यसपछि अहिलेको भन्दा ४.३ प्रतिशत घटाई ८ हजार वोन प्रस्ताब गरेको थियो।त्यस्तै ११ बैठकमा सहभागी भएर २% घटाएर ८१८५ वोन प्रस्ताब गरेको थियो।