कोरियाको दक्षिणी क्षेत्रमा शक्तिशालि आँधी आउन सक्ने , सजक रहन विज्ञयकाे सुझाव


दक्षिण काेरिया।कोरियामा सनिबार शक्तिशाली आँधी आउन सक्ने पुर्व अमुमान गरिएको छ ।९ सय ९० हेक्टोपास्कलको चाँपमा रहेको उक्त दानज आँधी शुक्रवार दिउसो देखि ताइवानको उत्तरी भाग बाट ३ सय ६० किलोमिटर प्रतिघन्टाको दरले बगिरहेको कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन केएमएले जनाएको छ ।

उक्त आँधीले शुक्रवार राति कोरियाको जेजु टापुमामा क्षतिपुर्याउन सक्ने अनुमान गरिएको छ l त्यस्तै सनिबार दिउसो कोरियाको दक्षिणी भागमा क्षति पुर्याउने अनुमान छ भने आइताबार रति सम्म पूर्वी समुद्रको बाटो तय गर्ने बताइएको छ।

उक्त आँधीले जेजु टापुमा ७ सय मिलिमिटर सम्म बर्षा गराउने अनुमान छ भने देशका मध्य तथा उत्तरी क्षेत्रमा खासै प्रभाब नपारेतापनि साताभरि नै मौसममा भने केहि गडबडी ल्याउने छ । त्यस्तै आँधि को कारण पहिरो जाने सम्भावना समेत रहेकोले सम्भावित क्षेत्रमा सुरक्षित रहन मौषम विभागले अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)