पब्लिक स्पिकर रमेश प्रसाई छुसकमा कोरिया आउने



दक्षिण काेरिया।पछिल्लो समय निकै चर्चामा अाएका स्पस्ट बक्ता रमेश प्रसाई कोरिया आउने भएका छन् । नेपालिका लागि नेपालि संस्थाले कोरियामा राहतकोष संकलनार्थ सेक्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दीन आयोजना गर्न लागेको “सांगीतिक महाधमाका -२०१९” को लागि बिसेष कलाकारको रुपामा प्रसाई कोरिया आउने भएका हुन् ।

नेपालको धरान घर भएका प्रसाई एपी वन एचडी टेलिभिजनले आयोजना गरेको पब्लिक स्पिकर प्रतियोगिताका बिजेता समेत हुन् । शारीरिक रुपमा असक्त भएतापनि उनीमा हरेक कुरालाई शुष्म रुपमा बिश्लेष्ण गर्न सक्ने अथाह क्षमता छ । यहि क्षमताको कारण उनि हाल निकै चर्चामा छन । हरेक नेपालीले रुचाएका चर्चित ब्याक्तित्वलाई कोरियामा ल्याउन पाउदा निकै खुसि लागेको राहातकोष संकलन अभियानका अभियान्ताहरुले बताए ।