नेपाली कांग्रेस दोलखाले गर्‍यो विपिको सम्झनामा ७४ वडामा वृक्षाराेपण



दोलखा।नेपाली कांग्रेस दोलखाले ३७औ विपि कोइराला स्मृति दिवसका अवसरमा वृक्षाराेपण कार्यक्रम गरेको छ।नेपाली कांग्रेस दोलखाले ९ वटा स्थानीय तहका ७४ वटा वडामा करिब ४ हजार बोट विरुवा वृक्षाराेपण गरेको नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले जानकारी दिए ।नेपाली कांग्रेस दोलखाले बिगत वर्ष हरुमा जस्तै गरि यो वर्ष पनि भब्य रुपमा जिल्ला नगरपालिकामा रहेका सहर बजार देखी गाउँपालिकामा रहेका पत्येक वडामा गएर वृक्षाराेपण गरेको छ।

जिल्ला बन कार्यालय दोलखाले बिरुवा वृक्षाराेपण गर्न सहयोग गरे पछी कांग्रेसले ३७औ विपि कोइरालाको स्मृति दिवसमा ४ हजार स्थानीय जातका धुपी,सल्लाह,चिलाउने, कटुस, बकैना र फलफूलका बोट बिरुवा रोपेर दिवस मनाएको हो।नेपाली कांग्रेस दोलखाले प्रत्येक वडामा ५०-१०० का दरले बोट विरुवा दिएर वृक्षाराेपण गर्न सबै स्थानीय तहमा जिल्ला कार्यसमिती देखी वडा संयोजक,कांग्रेस भातृ संघसंगठनका प्रतिनिधि पठाएर वृक्षाराेपण गरेको सभापति खड्काले जानकारी दिए।

३७औ विपि स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस कालिञ्चाेक गाउँपालिकाको कार्यालय पनि उद्घाटन गरेको छ।यस्तै दिवसको अवसर पारेर कांग्रेसले अन्तरकिर्या कार्यक्रम गरेको छ।