हामी नेपाली ग्लोबलले बाणिज्यदुत सुवेदीलाई विदाई तथा सम्मान



दक्षिण काेरिया।नेपाली बाणिज्यदुत कृष्ण कुमार सुवेदीलाई हामी नेपाली ग्लोबलद्धारा विदाई तथा सम्मान कार्यक्रम गरिएको छ ।अमेरीकाको न्युयोर्क रहेको नेपाली बाणिज्यदूतको रुपमा काम गरिरहेका कृष्ण कुमार सुबेदीको ४ वर्षको कार्यकाल समाप्त गरी नेपाल पर्कन लागेकोले उनलाई उक्त संस्थाले विदाई तथा सम्मानको कार्यक्रम राखेको हो ।

एक समारोहका बिच सुवेदीलाई बिदाई तथा सम्मान कार्यक्रम गरिएको हो । हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा महासचिव मंगलदास श्रेष्ठ लगाएतले सुवेदीलाई खादा र प्रमाण पत्रले सम्मान गरेका थिए । उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाको अध्यक्षता रहेको थियो ।

कार्यक्रमको संचालन महासचिव मंगल दास श्रेष्ठले गरेका थिए भने उक्त कार्यक्रममा उपस्थित सबैलाई नवराज केसीले धन्यावाद ज्ञापन गरेका थिए ।