दोलखा अघोषित नाकावन्दी:विरामीहरुलाई उपचारका लागि हेलिकप्टर चार्टर



दाेलखा।अरनिको लोकमार्ग अन्तर्गत लामोसाँघु चरिकोट सडक को दुरावस्थाका कारण दोलखा अघोसित नाकाबन्दीमा परेपछी गम्भीर प्रकृतिका बिरामी हरुलाई उपचारका लागि हेलिकप्टर बाट बाध्यताले चार्टर गर्नु परेको छ ।

सडक निर्माणको काम कम्पनीले लापरबाही गर्दा लामोसाँघु चरिकोट सडक अस्तव्यस्त बनेको हो । यस अघि बिरामी हरुलाई एम्बुलेन्स मार्फत नै काठमाडौँ लाने गरे पनि अहिले सडकको दुरावस्था भएपछी हेलिकप्टर चार्टर गर्नु परेको हो ।लामोसाँघु जिरी सडकको बिकल्पमा बिपी लोकमार्ग भए पनि सो राजमार्ग पनि बेला बेलामा पहिरोका कारण समस्या आउने गरेको छ ।