दोलखा हेल्थ टेक्निकल कलेजमा मेडिकल ल्याब असिसटेन्टमा भर्ना खुल्यो



दाेलखा।(चरिकोट) दोलखा हेल्थ टेक्निकल कलेजमा मेडिकल ल्याब असिसटेन्ट कक्षाका लागि भर्ना खुलेको छ ।  प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद् सि. टि.भि.टि बाट सञ्चालित १८ महिने कक्षामा  यस शैक्षिक बर्ष २०७७÷०७८को लागि भर्ना खुलेको हो ।

दोलखा सामुदायिक अस्पतालका प्रमुख तथा दोलखा हेल्थ टेक्निकल कलेजका प्रीन्सिपल अमृत बुढाथोकीका अनुशार  १८ महिने कक्षाका लागि बिशेष छुट सहित भर्ना अभियान सुचारु गरिएको बताए । साउन १५ गते सम्म प्रबेश परिक्षाका लागि आबेदन दिनुपर्ने र साउन २५ गते प्रबेश परिक्षा भएकाले समयमानै कलेजमा सम्पर्क गर्न वा दोलखाका सामुदायिक अस्पताल चरिकोटमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

आबेदन दिँदा बिद्यार्थीले हालसालै खिचेको तिन प्रति रङ्गीन फोटो, एस.इर्.इ वा सो सरह उत्रिण गरेको प्रमाण पत्रको प्रतिलिपि र परिक्षा शुल्क पाँच सय सहित दोलखा हेल्थटेक्निकल कलेज वा सामुदायिक अस्पताल चरिकोटको ०४९४२१८२१ वा ९८४४५३२२मा सम्पर्क राख्न कलेजका प्रमुख एबं प्रीन्सिपल बुढाथोकीले अनुरोध गरेका छन् । यो कक्षा स्वरोजगारमुल कक्षा हो ।