सेल्फी खिच्ने क्रममा तामाकोशी नदीमा खसेर रामेछापमा एक युवतीको ज्यान गयो



रामेछाप संवाददाता।रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेर एक युवतीको ज्यान गएको छ।भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्यको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिएका छन् ।

प्रवक्ता अदालतले कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यलाई मन्थलीको ऐयरपोर्ट नजिकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा उपाचरका क्रममा ज्यान गएको जानकारी दिए । मृतक युवती भक्तपुरबाट दोलखा घुम्न जाने क्रममा बाटोमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेको भनिएता पनि घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।