३ दिन भित्र सडक मर्मत नगरे दाेलखा बाणिज्य संघले कडा अान्दोलनकाे चेतावनी



दाेलखा उद्योग बाणिज्य संघले बुझाउँदै सरकारलाई ज्ञापन-पत्र

दोलखा- खाडिचौर चरिकोट सडक खण्डको सुधार गरी यातायात  सुचारु गर्न माग गर्दै दोलखा उद्योग वाणिज्य संघले हिजाे शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा ३ दिन भित्र सडक मर्मत गरी यातायात संचालन योग्य बनाउन माग गरिएको छ । माग पूरा नभएमा सशक्त आन्दोलन गरिने चेतावनी संघका महासचिव हेमराज रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।सडककै कारण दोलखाको ब्यापार ब्यावसाय चौपट हुन लागेकोले यसको विरोधमा शनिवार चरिकोट बजार बन्द गर्ने घोषणा गरेको छ ।