बिश्वकर्मा समाज कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्दै


दक्षिण काेरिया।बिश्वकर्मा समाज कोरियाले ” बिश्वकर्मा भलिबल कप २०१९” आयोजना गर्ने भएको छ ।समाजसेवा र आपसी सद्भभाब लाई अझ मजबुद पार्ने उदेश्य सहित यही अगस्ट १८ तारिक आइतबारका दिन खेल आयोजना गर्ने गरि समाजले सम्पुर्ण तयारी समेत गरिसकेको जनाएको छ ।

‘स्वास्थ्य ,सद्भभाब र भाइचारा नै आजको आबश्यकता’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको भलिबल कपमा कोरियामा रहेका सम्पुर्ण खेलाडी र खेल प्रेमी दाजु भाइ दिदिबहिनी हरुलाइ उपस्थित जनाउनको लागि बिश्वकर्मा समाज कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

साथै कोरियामा रहेका नेपाली दाजुभाइहरु द्वारा गठित सम्पुर्ण भलिबल क्लब हरुलाइ समयमै आ-आफ्नो टिम दर्ता गरेर यस मैत्रीपुर्ण खेलमा सहभागी हुन अनुरोध समेत गरिएको छ ।टिम दर्ताको लागि अगस्ट ११ तारिक का दिन तोङ्देमुन स्थित नाङ्लो रेस्टुरेन्ट मा भेट हुन सकिने जनाईएको छ ।समाजले टिम दर्ता शुल्क ३ लाख ५० हजार वन राखेको जनाएको छ ।

‘बिश्वकर्मा कप २०१९’ मा बिजेता हुने टिम लाई ट्रफी सहित १३ लाख वन , द्वितीय हुने टिम लाई ट्रफी सहित १० लाख वन र तृतीय हुने २ टिम लाई ट्रफी सहित ३ लाख ५० हजार वन का दरले पुरस्कार बितरण गरिने बिश्वकर्मा समाजका अध्यक्ष सन्तोष बिश्वकर्मा ले बताएका छन् ।साथै उत्कृष्ट खेलाडी लाई ट्रफी सहित बिशेष पुरस्कार को ब्यबस्था समेत रहेको उनले बताए ।

बिगत ३ बर्ष अगाडी स्थापना भएको बिश्वकर्मा समाज कोरियाले सामाजिक कार्यलाइ प्रमुख उदेश्य मानेको छ ।साथै समाजमा भएका विभेद हरु लाई निस्तेज पार्न विभिन्न जागरण मुलक कार्यक्रम हरु समेत गर्दै आएको छ ।समाजमा हाल १ हजार भन्दा बढी बिश्वकर्मा युबा युवती आबद्ध रहेका समाजले जनाएको छ ।

बिश्वकर्मा कप कोरिया २०१९ को लागि खेल हुने स्थान सम्पर्क :

아산시민 체육관
충남 아산시 신정로685

जशु बराइली 01088500092
मुकेश सेन्चुरी 01068911344
रामकुमार बिक 01025929112


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)