कोरियामा सपिङ्ग सेन्टरबाट कपडा चोरी गर्ने एक विदेशी नागरिक पक्राउ



दक्षिण काेरिया।कोरियाको बिभिन्न सपिङ्ग स्टोरबाट कपडा चोरी गर्ने ३२ बर्षिय भियतनामी नागरिकलाई पुलिसले बिहिबार पक्राउ गरेको छ ।अत्याधुनिक थेफ्ट अलार्म प्रुफ झोला प्रयोग गरी करिब ५ दिनको अन्तरालमा सउलका बिभिन्न स्टोरबाट करिब १००० थरी कपडा हरु चोरी गरेको प्रहरीले जनाएको छ ।सउल जोङरो पुलिस स्टेशनले बताएअनुसार जुलाई २० देखी २४ तारिखको अन्तरालमा उसले सउलका बिभिन्न सातवटा क्लोदिङ्ग स्टोरबाट ९५८ थरी कपडाहरु चोरेको उल्लेख गरेको छ ।