पहिरो पीडितलाई राहत लिएर बैतेश्वर गाउँपालिकका अध्यक्षको टोलि पुग्याे गौरीशंकर जुँगु



दोलखा।साउन १८,गौरीशंकरका पहिरो पीडित लाई राहत लिएर छिमेकी गाउँपालिका बैतेश्वरका अध्यक्ष छवि लामाको टोलि  बिहानै पीडितको गाउँ  जुँगु पुगेका छन्। गएराति अबिरल बर्षासँगै आएको पहिरोले गौरीशंकर गाउँपालिका वडा नम्बर २ मा दुई जना बेपत्ता भएका छन् । करिब साँडे १० बजे तिरको पहिरोले ५० घर भन्दा बढीमा क्षति पुर्याएको छ भने  १० घर पहिरोले पुर्णरुपमा पुरेको पछि पहिरो पीडितलाई खाद्य सामग्री र पाल तिर्पाल लिएर बैतेश्वरगाउँपालिकका अध्यक्ष छवि लामाको टोलि गौरीशंकरका पहिरो पीडित सामु पुगेका हुन।

पहिरोका कारण गौरीशंकर गाउँपालिकाको वडा नम्बर २ को झगडेधाराटोल, माथिको च्याँसेभिर पहिरोको रुपमा तिन तिरबाट झर्दा सिङ्गो गाउँनै पहिरोमा परेको हो । माथिको पहिरो तल्लोटोलमा आएर पुर्ने डरले भाग्ने क्रममा बिरम्सीटोलका ५५ बर्षिय जगतबहादुर खत्रि बेपत्ता भएका छन् भने अर्का सोही वडाका १८ बर्षीय निशान खड्का  पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले बताएको छ ।