दोलखामा २०७६ लोकतारा छनोट प्रतियोगिता हुँदै



दोलखा।(चरिकोट) साउन २१,दोलखाका लोक गायन प्रतिभाको खोजि र उनीहरुको क्षमता विकासको लागि सहयोग गर्न दोलखा लोक तारा २०७६ को आयोजना गर्न लागिएको प्रतिष्ठानका दोलखा अध्यक्ष नयन शोडारीले बताए।

प्रतियोगीताको अडिसन असोज १०, ११ र १२ गते तथा फाईनल असोज १७ गते सदरमुकाम चरिकोटमा हुने प्रतियोगीताका संयोजक राज श्रेष्ठले बताए। प्रतियोगितामा सहभागिताको लागि दोलखाली प्रतिभाले आवेदन बापत एक हजार रुपैया बुझाउनु पर्ने संयोजक श्रेष्ठले बताउनु भयो ।

प्रतियोगिहरुले रेडियो भिमेश्वर चरिकोट र कार्की बुक्स स्टेसनरी चरिकोटमा आएर १ हजार रुपैया शुल्क तिरेर आवेदन दिन सक्ने आयोजकले जनाएको छ।पहिलेनै लोक दोहोरी प्रतियोगीतामा सहभागि भै पुरस्कृत भएको र लोक दोहोरी गित निकालेर चर्चा कमाई सकेको गायकलाई भने सहभागि नगराईने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा प्रथम हुने लोक गायकलाई ५५ हजार नगद सहित एल्वम समेत निकालिदिने आयोजकले जनाएको छ । त्यसैगरी द्वितिय हुनेलाई ३३ हजार, तृतिय हुनेलाई २२ हजार र सान्त्वना हुनेलाई १० हजार नगद पुरस्कार दिने संयोजक संगम भण्डारीले बताए।