पत्रकार शालिकराम पुडाशैनी हाेटलमा मृत फेला


काठमाडौं, २१ साउन । पत्रकार शालिकराम पुडाशैनी मृत अवस्थामा चितवनको होटलमा फेला परेका छन् । उनी मान्टेन टेलिभिजन र न्युज २४ मा काम गर्थे । न्युज २४ टेलिभिजनमा रवि लामिछानेको कार्यक्र्रम ‘सिधा कुरा जनतासंग कार्यक्रम’का लागि सकृय उनी होटलको कोठामा मृत फेला परेका हुन् । उनी नारायणगढ स्थित बसपार्कको होटल कंगारुमा झुण्डि*एको अवस्थामा फेला परेका हुन् ।

सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डि*एको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिनुभयो । एसपी मल्लको अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि पुडासैनी न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । पत्रकार पुडासैनीको निधनप्रति न्यूज २४ टेलिभिजनले दुस्ख व्यक्त गरको छ । आफ्नो पूर्व कमचारीको निध*नले न्युज २४ परिवारलाई मर्माहत र स्तब्ध बनाएको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)