राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठान काेरियाकाे माैलिक गीत २०१९ कार्यक्रम सम्पन्न



दक्षिण काेरिया।राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठान दक्षिण काेरिया शाखाले अायाेजना गरेको माैलिक लाेक गित कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।गत हप्ता अगस्ट ३ तारिख शनिबारका दिन काेरियाकाे राजधानी सउल स्थित दर्शन नमस्ते रेष्टुरेन्टकाे सभा हलमा कार्यक्रम सम्पन्न भएको हाे ।

अग्रज कलाकारहरूकाे सम्मान र मौलिक लोक संस्कृतिको संरक्षण सम्बर्द्धनका खातिर कार्यक्रम गरिएको हाे ।कार्यक्रम अवधि भर दर्शकले खचाखच भरिएको हलमा छुट्टै राैनक देखिन्थ्यो । कलाकारहरूले अा-अाफ्नाे प्रस्तुति दिईरहदा उपस्थित दर्शकहरू अाफ्नाे बालापनमा फर्केको अाभाष गरिरहेका थिए ।कार्यक्रममा ४०-५० काे दशकमा अत्यन्तै लाेकप्रिय भएका भाकाहरू गाईएकाे थियाे ।

प्रदेशमा यस्तो सभ्य र भव्य कार्यक्रम सायदै यसअघि भएको थिएन। अाफ्नाे प्रस्तुति दिनु अधि प्रस्तुति दिने कलाकारहरूले अग्रज कलाकार, मुल श्रष्ठाहरूलाई उच्च सम्मानका साथ शिर निहुराएर नाम उच्चारण गरि गित सुरु गरेका थिए।

अग्रज कलाकार नारायण रायमाझीकाे “राम्दि पुल तर्ने बाचेत हुम्ला भेट मरे के गर्ने ” बाेलकाे गित प्रतिष्ठान काेरियाका सल्लाहकार देबेन्द्र काउचाकाे प्रस्तुति बाट सुरूभएकाे भएको थियोे भने अन्त्यमा राईझुमा देउडा गित रेवु लामिछाने गाउनु भएको थियो ।कार्यक्रममा २५ बढि कलाकारहरूले अा- अाफ्नाे प्रतुति दिएका थिए ।

प्रतिष्ठान काेरियाका अध्यक्ष जितन भाइ श्रिषले कार्यक्रमकाे बारेमा प्रकाश पार्दै अहिलेकाे पिढि पाश्चात्य संगित र संस्कृति तर्फ ढल्किएकाे अाफ्नाे रितिरिवाज ,अाफ्नाे मैलिक संस्कृति, पुराना श्रष्टालाई बिस्तारै भुल्दै गईरहेका कारण बेला बेला यस्तो खालको कार्यक्रमकाे अायाेजना गरिरहनु पर्ने बताउनु भयाे । प्रतिष्ठानका सचिव अार. के पाैडेलले रेडियो नेपालीको पुरानो कार्यक्रम चाैतारि र देउरालि कार्यक्रमकाे झल्काे अाउनेगरि कार्यक्रमकाे संचालन गर्नु भएको थियोे ।