फोनिज दोलखाको २०औं स्थापना दिवस मनाइयो



कल्पना सापकोटा।चरिकोट साउन २७,नेपाल आदिबासी जनजाती पत्रकार महासंघ दोलखा शाखाले २० औं स्थापना दिवसको अबसरमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।दिवसको अबसरमा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखाको आयोजना तथा भिमेश्वर नगरकार्यापालिकाको सहयोगमा “संवैधानिक ब्यवस्था र मिडियामा समावेसी अबस्था”विषयक अन्तरक्रिया कार्यक्रमको समापन गरिएको हो ।

फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले अधिकार संगै कर्तब्यको पालाना गर्न सकेमा मात्र समुन्नत समाज निर्माणमा टेवा पुग्नुका साथै विभिन्न जातजाती र समुदाय बीच समानता हुने बताएका छन् ।
“संवैधानिक ब्यवस्था र मिडियामा समावेसी अबस्था” को विषयमा प्रकास पार्दै पत्रकार महासंघ दोलखा शाखाका कोषाध्यक्ष शेर बहादुर भुजेलले जनजातीहरुको हक हितको सम्रक्षण,मौलिक परम्पराको विषयमा वकालत गर्नु पर्ने कुरा प्रष्टयाएका थिए ।

स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखाका उपाध्यक्ष द्धय लक्ष्मण थामी,मन्दिरा थापा,नेपाल आदी बासी जनजाती पत्रकार महासंघका केन्दिय सदस्य उषा पाख्रिनले जनजाती पत्रकारहरुको भुमिका र भावी दिनमा अपनाउनु पर्ने मन्तब्य मार्फत ब्यक्त गरिएको थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द प्रसाद रिजाल,प्रहरी नायव उपरिक्षक मान बहादुर राई,शसस्त्र पहरी बल दोलखाका प्रमुख किरण कुमार कठायत, नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का सदस्य रविन्द्र गौतम लगायतका पत्रकारहरु,संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।