सिंहदरबारमा कर्णालीको व्यापार:रबिना कार्की(कली)



“गजल”

यो साल नि बोकेर विपत्ति सवार हुँदैछ।
गरिबहरूकै बस्तीमामा हा-हाकार हुँदैछ।।

निर्धक साथ मैले पिठ्युँ थापेर बसेको हुँ।
थाहा पाएसि प्रेमीबाट छुरा प्रहार हुँदैछ।।

अब आँखा चिम्लिएर नबसिदिनुस सायब।
सिंहदरबारमा कर्णालीको व्यापार हुँदैछ।।

यस्तो सुने पछि मान्छे मार्ने रहर लागेको हो।
दोषिलाई सम्मान निर्दोषलाई कारागार हुँदैछ।।

उसैलाई देखुँ उसैलाई भेटुँ जस्ताे लाग्छ भने।
सम्झनुस हजुरकाे पनि एकफेर प्यार हुँदैछ।।

-रबिना कार्की (दाेलखा)