ग्रामीण भेगमा बने आधुनिक विद्यालय भवन शैक्षिकस्तर प्रती स्थानीयको गुनासो


फोटो क्याप्सन :दोलखाको अत्यन्तै दुर्गग गाउँ बिगुगाउँपालिका वडा नम्बर ५मा निमार्ण सम्पन्न हिमालय माबि चिलंखाको २७ कोठे आधुनिक बिद्यालय भबन ।

दोलखा,२८ साउन।भुकम्प पछाडि दुर्गम गाउँ –गाउँमा दरबार जत्रै करोडौं मुल्यका बिद्यालय भबन निमार्ण भएका छन् । शुक्रबार दोलखाको दक्षिणीबेल्डमा पर्ने शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुमा कालिका माबिलाई एक कार्यक्रमका बिच २७ कोठे नबनिर्मीत २ वटा भबनको साँचो हस्तान्तरण गरियो ।

हेर्दा दरबार जस्ता ठुला र सुन्दर भबन हस्तान्तरणसँगै समुदाय र बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र अध्यापन गराउने शिक्षकमा निकै खुसी छाएको पाउन सकिन्छ । बिहिबार पनि दोलखाको दुर्गम गाउँ कालिन्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा निकोभुमि माध्यमिक बिद्यालयलाई  २९ कोठे दुई वटा सुबिधा सम्पन्न बिद्यालयको साँचो हस्तान्तरण गरियो भने बुधबार बिगु गाउँपालिकाका वडा नम्बर ५ चिलंखामा २७ कोठे दुईवटा सुबिधा सम्पन्न आधुनिक बिद्यालय भबन हस्तान्तरण गरियो ।  दोलखाका संघिय सांसद पार्बत गुरुङले एक कार्यक्रमका बिच यो हप्ता मात्रै ४ वटा बिद्यालयका ८ ओटा आधुनिक बिद्यालय भबन हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ । आगामी ३१ गते मेलुङ गाउँपालिकामा पनि एक बिद्यालयको दुईवटा भबन हस्तान्तरण गर्ने कार्यक्रम रहेको जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा)का कार्यलय प्रमुख देबकुमार बरालले बताए ।

बिद्यालयले सुबिधा सम्पन्न नबनिर्मीत भबन पाएसँगै कार्यक्रममा बोल्दै बिद्यार्थीको शैक्षिक अबस्था कस्तो बनाउने र कस्तो प्रकारको शिक्षा प्रदान भईरहेको छ भन्ने हामी सबै अबिभाबकहरुको दाहित्व भएको बताउँछन् बिगुगाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मधुकर गुरुङ ।भबन हस्तान्तरण कार्यक्रममा बोल्दै सरकारी बिद्यालयको आर्कषक भबनले मात्रै सरकारी बिद्यालयको शैक्षिक स्तर उक्सिने भने  पक्कै हैन भन्छन्,दोलखाका संघिय  सांसद पार्बत गुरुङ ।
दोलखामा भुकम्पले भत्काएका बिद्यालयको नेपाल सरकार,एसियाली बिकास बैङ्कको ऋण सहयोग,जापान सरकारको अनुदान सहयोग,भारत सरकारको अनुदान सहयोग,चिन सरकारको अनुदान सहयोग र बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा बिद्यालय पुननिमार्ण भईरहेका छन् ।

पुननिमार्ण भईरहेका बिद्यालय र पुननिमार्ण सम्पन्न भएका बिद्यालयहरु,अपाङमैत्रि, बालमैत्रि ,महिलामैत्रि रजस्वला भएको बेला प्याड जलाउने स्थान रहेको साथै आधुनिक शौचालय निमार्णसँगै पिउने पानीको समेत ब्यवस्था गरिएको छ ।  निमार्ण हस्तान्तरण भएका भबनहरु आधुनिक डिजाईनमा निमार्ण गरिएको छ भने बिद्यालयमा हुने सबै खाले सुबिधा उपलब्ध गराईएको छ ।

एसियालि बिकास बैङ्कको सहयोगमा हालसम्म ११ वटा बिद्यालयका भबनहरु निमार्ण सम्पन्न गरिएको छ । एडिबिले जम्मा २२ वटा बिद्यालयका भबन निमार्ण गर्ने जनाएको छ । भुकम्पले केहि बिद्यालयका पक्कि भबन बाहेक ३२ सय २५ कक्षाकोठा क्षति गराएको थियो भने पुर्णरुपमा दोलखामा २ हजार ३८ कक्षाकोठा क्षतिभएको आयोजना कार्यन्वयन ईकाई (शिक्षा)का ईन्जिनियर राजेन्द्र श्रेष्ठले बताए । उनका अनुशार आंशिक क्षति ४सय ५६,सामान्य क्ष्ति ६ सय २१ र क्ष्ति नभएको १०२ कक्षा कोठा रहेको श्रेष्ठको भनाई छ ।

हालसम्म बिभिन्न दातृनिकायको सहयोगमा ५सय ८ कक्षाकोठा निमार्ण समपन्न भएको र अन्य निमार्णको चरणमा रहेको ईन्जिनियर श्रेष्ठको भनाई छ । बिद्यालयको भबन पाएसँगै शैक्षिक गुणस्तर बृद्धि गर्नु पर्नेमा स्थानिय र सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । स्थानिय जनप्रतिनिधिले समेत सरकारी बिद्यालयमा शैक्षिकस्तर खस्किएको प्रति चिन्ता प्रकट गरेका छन् । भबन हस्तान्तरण कार्यक्रममा बिगुगाउँपालिका प्रमुख युधिरष्टि खड्का भन्छन्, हामीलाई अहिले भबन पाएसँगै शैक्षिकस्तर खस्किएको प्रति चिन्ता छ यसलाई कसरी सुधार्ने । आयेजना कार्यन्वयन ईकाई (शिक्षा)ले केन्द्रिय आयोजना कार्यन्वयन ईकाईबाट टेण्डर भई निमार्ण ब्यवसायीले निमार्ण गरेका भबनहरुको अनुगमन तथा गुणस्तर मापन गरि सम्पन्न पश्चात् समुदायलाई हस्तान्तरण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)