चालक र सह चालकको स्वास्थ्य जाँच


सुजन काफ्ले।दोलखा,सुरक्षित यात्राको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा चालक र सह चालकको स्वास्थ्य जाँच गरि सवारीका साधनको यान्त्रिक अवस्थाको परिक्षण समेत गरेका छ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार दोलखा प्रहरीले मासिक रुपमा चालक र सह चालकको स्वास्थ्य जाँच गरि सवारीका साधनको यान्त्रिक अवस्थाको परिक्षण गर्दै आएको हो।

आइतबार चालक र सह चालकको स्वास्थ्य जाँच गरि सवारीका साधनहरुको यान्त्रिक अवस्थाको परिक्षण कार्यक्रममा ४९ जनाको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरि जवान जगदिश कार्किले जानकारी दिए । स्वास्थ परिक्षण गर्दा ३ जनामा प्रेसर हाइ र २ जनामा प्रेसर लो देखियो भने एकजनामा आखाको समस्या देखिएको कार्किले जानकारी दिए।

कार्यक्रमको लागी सामुदायिक अस्पताल दोलखा, सामुदायिक आँखा केन्द्र दोलखा , सिप्रदी ट्रेडिङ र महेन्द्र सोरुम चरिकोटको साझेदारिमा सप्पन्न भएको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख चन्द्रमान तामाङले बताए।

जिल्ला ट्राफिक कार्यालय दोलखाको सकृयतामा जिल्लामा यस्ता जनचेतनाका कार्यक्रम हुदै आएको र यसरी गरिएको कार्यक्रमबाट ट्राफिक ब्यवस्थापनमा सुधार आएसगै दुर्घटनामा समेत कमि आएको तामाङले बताए।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)