गुल्मीका पहिरो पिडितलाई कोरियाबाट साढे पाँच लाख आर्थिक सहयोग



दक्षिण काेरिया।यहि साउन ७ गते गएको भिषण पहिरोबाट बिस्थापित भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका बासिन्दालाइ गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले ५ लाख ५० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

जिल्लामा आइपरेको प्राकृतिक बिपत्ति लगत्तै गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक संकलन अभियान चलाएको थियो ।करिब ३ साता सम्म चलाइएको उक्त अभियानबाट संकलित रकम सस्थाका पुर्व सल्लाहकार टामलाल अर्याल,पूर्व कोषाध्यक्ष टिका सुबेदी, सदस्य कृष्ण पाण्डे क्षेत्री,अनिल भण्डारी लगायतको प्रतक्ष्य उपस्थितिमा तथा सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष सुवर्ण सेरचन शाही , वडा अध्यक्ष भिमलाल पाण्डे,रुक बहादुर राना लगायत स्थानीयको रोहबरमा हस्तान्तरण गरिएको हो ।

सिंगो बस्तिनै सखाब हुने गरि गएको उक्त भिषण पहिरोमा परि १३ जनाले ज्यान गुमाएका थिए भने करिब ६ सय घरपरिवार बिस्थापित भएका छन्।पहिरोबाट बिस्थापित परिवारलाई सहयोग गर्न कोरियामा चलाइएको आर्थिक संकलन अभियानमा साथ दिने सम्पूर्ण कोरियावासी नेपालीलाई सम्पर्क समितिका अध्यक्ष चन्द्र रानाले धन्यवाद ब्यक्त गरेका छन् ।