बिषालु च्याउ खादा दाेलखामा एकै परिवारका ४ जना बिरामी


चरिकाेट।दोलखा सदरमुकाम चरिकोटको सातदोबाटेको सडकमा बेच्न राखेको च्याउ खाँदा चरिकोट बजार स्थित संखधर शाख्या चोक निवासी फणिन्द्र रेग्मीका घरका सब परिवार बिरामी परेकाछन । फणिन्द्र रेग्मीको श्रीमती बर्ष ५८ कि गोमा रेग्मी , छोरा ३६ बर्षका रमेश रेग्मी ,बुहारी बर्ष २९ बर्षकी अप्सरा थापा रेग्मी र ७ बर्षकी नातिनि आरुसिका रेग्मी बिषाद च्याउ खाएर बिरामी परेका हुन ।

उनीहरुलाई खाना खाएको आधा घण्टा पछि रिङगडा लाग्ने, मुखबाट हल्का फिज आउने र आखाँले टाढा नदेख्ने भएपछि उपचारको लागी प्रस्तावित अस्पताल एवम प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा लगी उपचार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिषाद च्याउ खानाले फुट पोइजन भएको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ । उपचार पछि उनीको अवस्था सामान्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)