लोक दोहोरी प्रतिष्ठान पाल्पाको ७अाैँ अधिवेशन सम्पन्न,अध्यक्षमा पुन:रेखा विष्ट निर्वाचित



दक्षिण काेरिया।लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा जिल्लाकाे ७अाैँ अधिवेशन सम्पन्न भएको छ।प्रतिष्ठानले अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेकाे छ।प्रतिष्ठान पाल्पाले सातौँ अधिवेशनबाट रेखा विष्टलाई पुनःअध्यक्षमा चयन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा तिर्सना थापा, द्धितिय उपाध्यक्ष रुपेश कार्की, महिला उपाध्यक्ष समिक्षा गैरे, सचिव कमल प्रसाद भट्टराई, कोषाध्यक्षमा अनु खनाल, सह–सचिव वविता पन्थी, सहकोषाध्यक्ष धनिसरा खाम्चा रहेका छन् । त्यस्तै सदस्यहरूमा यसोधा कार्की ,डिबी कालिज ,देविश्वरा सारु,ममता दर्नाल,विनोद बिसी,गणेश न्यौपाने ,विजय बम्डेल ,श्रमण गोतामे र रामकृष्ण थापा चयन भएको प्रतिष्ठानले जनाएको छ ।निर्वाचित अध्यक्ष विष्टले जिल्लाको कलासंस्कृति संरक्षण र प्रवद्र्धनमा सधै सक्रिय रहने प्रतिवद्धता जनाउँने निर्वाचित अध्यक्ष बिष्टले कालिञ्चाेक अनलाईन लाई जानकारी दिए।