बहुचर्चित दोम्बा हत्या काण्ड भएको १६ वर्ष पुरा,दोरम्बामा मारिएकाको प्रतिमा अनावरण


Spread the love

कालिञ्चाेक संवाददाता।रामेछाप भदौ १,अन्तराष्ट्रिय स्तरमा नै दुर्नाम कमाएको दोरम्बा हत्या काण्ड भएको १६ वर्ष पुरा भएको छ । हत्या काण्ड भएको १६ वर्ष पछि सो हत्या काण्डमा मारिएकाहरुको प्रतिमा अनावरण गरिएको छ । तत्कालीन विद्रोही माओवादी र सरकार बिच हापुरेमा वार्ता चलि रहेको बेला सेनाले बैठक बसि रहेका माओवादीका २१ जना नेता कार्यकर्ताहरु बैठक बसि रहेको स्थानबाट नियन्त्रणमा लिई २०६० साल साउन ३२ गते हत्या गरिएको थियो । घटनामा माओवादीका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा लागायतका नेता कार्यकर्ता मारिएका थिए ।

ती मध्ये १९ जनाको एकै ठाउँमा समुहिक रुपमा गोलि हानि हत्या गरिएको थियो । घटनमा संलग्न सेनाका मेजर राममणि पोख्रेललाई सेनाले नोकरीबाट वर्खास्त गरेको थियो । तिनै हत्या गरिएका माओवादीका नेता कार्यकर्ताको हत्या गरिएकै स्थलमा निर्माण गरिएका प्रतिमाहरुको शनिबार अनावरण गरिएको छ ।

प्रतिमा अनावरणको लागि तत्कालिन माओवादी अध्यक्ष एवं नेकपाका हालका अध्यक्ष पुष्पकमल दाहाल आउने भनिएको भए पनि मौशमको खराविको कारण हेलिकप्टर आउन नसके पछि नेकपामा केन्द्रिय सदस्य हितबहादुर तामाङले प्रतिमाको आनवरण गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले सहिदहरुको बलिदान र त्यागले आएको अहिलेको शासन व्यवस्थाको विरुद्ध नबोल्न राजावादीहरुलाई चेतानवी दिए । दरवारबाट निकालेर थन्क्याइएको राजालाई देश निकाल्नु पर्ने अवस्था नबनाउन उनले चेतावनी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य आनन्द पोख्रेले, केन्द्रिय सदस्य एवं दोरम्बा घटनामा मारिएकी ललिकाका पति हरिप्रसाद दाहल ललित लगायतले सहिदको रगत र वलिदान खेर जान नदिने बताए । कार्यक्रम नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)