२५ अौं तामाङ प्रशारण दिवस दोलखामा सम्पन्न


Spread the love

दाेलखा।तामाङ पत्रकार संघ दोलखाले २५ अौं तामाङ प्रशारण दिवस भब्यताका साथ मनाईएको छ ।रेडियो नेपालबाट २०५१ साल भाद्र १ गतेका दिन तामाङ भाषाको समाचार प्रशारण गरेकाे दिनलाई स्मरण गर्दै २५ अौ तामाङ प्रशारण दिवस एक अन्तरिक्रया कार्यक्रमका साथ दाेलखामा पनि मनाईएको हो ।तामाङ प्रशारण संघ जिल्ला शाखा दाेलखाका अध्यक्ष धनराज तामाङले पछिल्लो सयम पत्रकारिता अध्ययनरत रहेकाहरुलाई तामाङ भाषाकाे महत्त्व र अावश्यकताका बारेमा जानकारी गराए ।

त्यसैगरी नेपाल पत्रकार महासघं दाेलखाका अध्यक्ष जीवन लामाले विगतमा जस्तो रेडियो सुन्नका लागि र देशकाे अवस्थाको बारेमा बुझ्न बञ्चित हुन नपरेको भन्दै आजको युगमा विभिन्न सुचनाकाे माध्यम जस्तै :हात हतमा माेवाईल, घर घरमा रेडियो,टिभी भएकाले काेहि सुचनाकाे पहुँचबाट टाढा नभएको बताउदै, नेपाल एक हुभाषा, बहुधर्म, बहुजाति बसोबास गर्ने थलो भएकाले आ-आफ्नो भाषाको जगेर्ना गर्नुपर्ने बताए ।

कार्यक्रममा बाेल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख चन्द्रमान तामाङले अाफ्नाे माैलिकतालाई जाेगाउनका लागि र तामाङ वा म कुनै जाती हुँ भनी गर्भ गर्नका लागि समेत भाषाले सहयोग गर्ने भएकाले सबैले अाफ्नाे भाषा र माैलिकतालाई जाेगाउन जरुरी रहेकाे उनको भनाइ थियाे
त्यसैगरी गोर्खापत्रका संवाद दाता कैलास लामाले पत्रकारिता पढ्नको लागि मात्र नभई बयवहारमा लागू गर्नु पर्ने भन्दै कुनै पनि ठाउमा घटेको घट्नालाई स्वयले अवलोकन गरि सत्य तथ्य प्रमाण सहितको सुसूचित गराउनु पर्ने बताए ।

तामाङ प्रशारण सघं जिल्ला शाखा दाेलखाका अध्यक्ष धनराज तामाङकाे अध्यक्षतामा कार्यक्रममा विभिन्न मिडियामा अावद्व तामाङ पत्रकारहरु, उच्चस्तरीय तहमा अध्ययनरत पत्रकारहरु लगाएतकाे सहभागीता रहेको थियाे ।तामाङ प्रशारण सघं जिल्ला शाखा दाेलखाकाे अायाेजनमा कार्यक्रम सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)