पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि जिल्ला सहकारी संघको आर्थिक सहयोग


Spread the love

दोलखा।भदौ ४( चरिकोट)आफ्नो २७ औं स्थापना दिवसको अवसर पारी जिल्ला सहकारी संघ दोलखाले नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।स्थापना भएको २७ वर्ष पूरा भएको अवसरमा नेपाल पत्रकार महासंघले निर्माण गर्न लागेको सूचनामैत्री तथा प्रविधियुक्त भवन निर्माण लागि सहकारी संघले एकाईस हजार पाँच सय पाँच रुपैयाँ सहयोग प्रदान गरेको हो ।

स्थापना दिवसको अवसरमा चरिकोट बीच बजारमा रहेको संघको कार्यालयमा केक काटिएको थियो भने आवाज नेपाल अन्तरर्गत सञ्चालित स्नेह केन्द्रको प्राङ्गणमा स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र संघका अध्यक्ष हेमन्त चौलागाईले नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई चेक हस्तान्तरण गर्नु भएको थियो । दोलखाका निर्माण हुन लागेको भवन पत्रकार महासंघको मात्र नभई सबैको भवनको रुपमा लिएको र सबैको सहयोगलेनै भवन निर्माण हुन सक्ने अध्यक्ष चौलागाईले बताउनु भयो । महासंघको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब केही महिनामै आफ्नै भवनबाट नियमित कार्य सञ्चालन गर्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।

स्थापना दिवसकै अवसरमा सहकारी संघले स्नेह केन्द्रलाई खाद्यन्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष सिर्जना कार्कीलाई दैनिक उपभोग्य साम्रगीहरु दाल, चिनी, चिउरा, बिस्कुट, खाने तेल लगायतको सामग्री प्रदान गरिएको थियो । हाल स्नेह केन्द्रमा ११ जना महिला तथा बालबालिकाहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)