नेपाल कृषिप्रधान देश हैन,रेमिट्यान्स प्रधान देश बन्यो


Spread the love
लेखक:-कालिञ्चाेक अनलाईनका संवाददाता हुँन।

नवराज बस्नेत।दक्षिण काेरिया, हामी आफुलाइ खुब हिरोठान्नु हाम्रो पुर्खा देखिको चलन हो,पू्र्खा त हिरो बन्नु स्वभाभिक नै थियो।किनभने हाम्रा पू्र्खा बिर गोर्खाली थिए।अङ्ग्रेजसङको लडाइँ जितेका थीए।हामीपनि पू्र्खा जस्तै हिरो ,वीर गोर्खाली हु त? येतिबेला हामीले आफुले आफैलाइ प्रश्न गर्ने बेला आएको छ।आफ्नो घमण्डले हामिलाई नराम्रो संग थिचो रहेको छ।

स्वाभाविक नै हो हामिलाई मात्र नभई संसार भरिका सबै मानिसलाई आफू निकै ठुलो र मान्यगुन्ये भएको मन पर्छ।अरु कसैले हाम्रो प्रसंसा गरेको उचित ठान्ने हामी अरुले हेपेको त झन एकरति पनि मन पराउँदैनौ।कहिले काहीँ कोरियन नागरिकले तिमीहरुको देशमा चाउचाउ छ ?बिस्कुट छ?भनेर सोध्यो भने,रिशले टाउको भारी बनाउदै चाउचाउ मात्र हैन सबै चीज छ,सगरमाथा छ,लुम्बिनी छ ।जहाँ सिद्धार्थ गौतम बुद्ध जन्मेको ठाउँ हो। एकै शब्दमा भन्न रुचाउँछौ।

कोहि कोही त सुन्दैनन पनि सुनुन पनि कसरि,जती सुनेपनी उनिहरुको सोचाइमा हामी उनीहरुको देशमा मजदुरि गर्न बाध्य छाैँ।कोरियन नागरिकहरुको सोचाई फरक-फरक पनि छ तर कोहि कोहि ले त अति नराम्रो ब्यवहार पनि देखाउने गर्छन?कोहि चाइ,बस् येति चाइ था छ उनिहरुलाई! “नेपाल भन्ने देशमा भोकमरि छ,खानेकुरा केही पनि छैन”।आर्थिक आम्दानिले यिनिहरुकाे दैनिक भाेजनकाे जोहो गर्छन।बस्ने राम्रो घर छैन,सडक,बिजुली,पानी केहि पनि छैन भन्ने सोच अधिकांस कोरियन नागरिकहरुको मानसपटलमा भएको कुरा हो।

यो भन्दा ६० बर्ष अगाडी कोरियालीहरु आफ्नो देश छोडेर साउदी,कतार,बहराइन,नाइजेरिया,फ्रान्स आदि देशहरुमा गएर मजदुरि गर्ने गरेको कुरा अहिले पनि ७०?बर्ष उमेर नाघेका कोरिएन नागरिकहरु प्रायेजसो सोध्यो भने कथा सुनाउछन।जुन बेला कोरिया चरम गरिबीको मारमा थीयो।त्येती बेला नेपालको अर्थतन्त्रले कोरिया को भन्दा बलियो थीयो।नेपाल ले कोरिया मा चामल सहयोग पठायको समेत थीयो।अहिले कोरियाले बिकास मा फड्को मारेर संसार को १३ नम्बर मा आइसकेको अबस्था छ भने कोरिया लाई सहयोग गर्ने नेपाल अझै १३९ औ नम्बरमा अल्झीरहेका छ।किन हामी यो स्थान बाट माथी उठ्न सकेनौं ?हामी कहाँ चुक्यौ?हामिले के गर्न सकेनौ?सन्सारका यति प्रगतिशील देशहरूको भिडमा नेपाल भन्ने देश अझै संसारकै गरिब देशहरु मध्येको अग्रपङ्तिमा आउछ?

नेपाल एउटा कृषिप्रधान देश हो?हामिले हाम्रो देश कृषिप्रधान देश हो भनेर कुन आधार ले मान्ने यानिकी तरकारी मात्र अर्बौ रुपियाको आयात हुने गरेको छ ।खाधन्नमा सर्बधिक प्रयोग हुने चामल मा समेत हामी परनिर्भर हुनुपरेको छ ।नेपाल राष्ट्र बैंक को तथ्यांक अनुसार वार्षिक रूपमा १२ देखि १५ अर्ब रुपैयाँ बराबरको चामल आयात हुन्छ।बिदेश नहिडेको घर नै छैन अहिले,कृषिप्रधान देश हैन रेमिटेन्स प्रधान देश नेपाल भएको छ।गाउँघरका खेतीयोग्य जमिन बाझो हुँदै गएका छन्।

निर्यात र आयात को कुरा छ,सरकारले वर्षेनी कृषि योजनाहरु बनाउछ,फलानो फलानो शीर्षकमा यती बजेट भनेर घोषण गर्छ तर नतिजा भने निराशाजनक रहेको छ।नेपालले वार्षिक ६५ अर्ब रुपैयाँ भन्दा बढी कृषिमा बिनियोजन गर्दै आयेको छ ।केही बर्ष यताको तथ्यांकमा नेपालले ८६ अर्बको सामान निर्यात गर्दा,७ खर्ब ७४ अर्बको आयत भएको छ।यो अबस्थामा ब्यापार घाटा मात्रै ६ खर्ब ८९ अर्ब ३६ करोड रुपैया पुगेको थियो।देशकाे कुल निर्यात बरावर कृषिजन्य बस्तुको आयत नै छ,राष्ट्र र हामी नेपालीको लागि यो भन्दा दुर्भाग्य कुरा के हुन सक्ला र??

जब सम्म हामीमा बिदेश जानुहुदैन,नेपालमा नै केहि गरेर आफ्न्नो देशलाई पुग्ने तरकारीमा मात्र आत्मनिर्भर हुन सकेमा हाम्रो व्यापार घाटा ८० अर्ब घटछ,यो भनेको नेपाललाई बिकासको मार्गमा अगाडि लैजानु पहिलो आधार हो ।बिदेश पुगेर जस्तोसुकै काम गर्न पछी नपर्ने अनि स्वदेशमा एउटा कुचो समाउदा पनि फोहोर लाग्छ जस्तो गर्नुमा नै हाम्रो देश पछी पर्नुको मुख्य कारण हो।अरुको देशमा गएर जस्तो सुकै गाली खान पनि तयार हुने अनि नेपालमा अफ्नै आमा बा ले गरेको गाली सहन नसक्ने मानसिकता ले नै आज हामी नैतिक पतन हुनुपरेको हो। हामी सन्सार को हिरो हैन जिरो भएका छौँ।

हामी हाम्रो देश जहाँको त्यहा रहनुमा हाम्रो आफ्नो अलिकती पनि गल्ती नदेख्ने अनि सबै दोश नेता लाई लागाउनु नै हाम्रो कम्जोरी हो।जस्तो सुकै अबस्थामा पनि हामी हाम्रो देशमा नै केही गर्ने मानसिकताको बिकास गर्नुपर्दछ।बल र बैँस जति अर्काको देशमा बसेर सक्ने अनि रोग ले च्याप्न लागेपछि नेपाल फर्कियर उपचार गर्दै बस्नु पर्यो।भने त्यो जनि नराम्रो के होला र।आजैबाट प्रण गरौ ।आजबाट नै म बिदेश बस्दिन ।५० लाख युवा स्वदेश फर्के भने के हुदैन नेपालमा तपाईंले कुनै काम अथवा संरचना बनाउनु पर्यो भने नेपालमा कामदार छैनन।

हरेक पाइला पाइलामा ईन्डियाका कामदार देखिन्छ,किनभने हामी आफ्नो देशमा तल्लोस्थरको काम गर्दैनौ।तपाईं हरेक पसलमा,बजारमा,गाउमा अधिकास ईन्डियाका मनिसहरुले हामिलाइ ठगिरहेका छन।ईन्डियाका मान्छेले नेपालमा अएर मनग्ये आम्दानी गर्दा हामी नेपालीले आफ्नो देशमा आम्दानी गर्न सक्दैनौ र?हामिले आफ्नो स्थानबाट देशलाई कति योगदान दिएका छौ ?देशको लागि हामी आफुले गरेको योगदानको महसुस गरनु पर्ने बेला भएको छ।

हाम्रो योग्दान भनेको सामाजिक संजालमा नेतालाई गाली गलोज गर्ने मात्र भयेको छ ।कति सम्म भने अबैध हुन्डि कारोबारबाट रेमिटेन्स गर्यो भने कालो धन सेतोमा परिवर्तन गर्न,पनि हामी आफैले नेताहरू लाइ सहयोग गरिरहेका छौ।लाख मा २ हजार पैसाको लोभमा अफ्नो खुट्टोमा आफैले ताकेको जस्तो भयन र?नेताहरु नेपालमा बसेर भ्रष्टाचार गरि अकुत सम्पती कमाउने अनि हामी कोरियाबाट पसिना बगाएको पैसालाई कालो धन बनाउने अनि नेताको कालो धन लाई सेतो बनाउने ।यो त राष्ट्र घाती काम भयेन र?अझ हामी खुब गफ लगाउछौ,नेता ले देश बिगारे।

हामी भन्छौ नेताले देश बिगारे,के देश बिगार्न हाम्रो कति सहभागिता भयो भन्ने कुरामा कहिले महशुस गर्ने ?हामी सोच्छौ,हामिले जति दुख पायौ,अब हाम्रो सन्ततीले दुख नपाउन भनेर।हामिले आफ्नो सोच लाई धेरै परिवर्तन गर्नुपर्न बेला भएको छ ।देश बनाउने हो भने हामिले अफैले सुरुगर्नु पर्दछ।अर्कालाई मात्र दोसि देख्ने अनि आफू लाई महान ठान्नु मुखता हैन र??

नवराज बस्नेत कालिञ्चाेक अनलाईका संवाददाता हुँन।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)