दलित आन्दोलन कता छ?



सुनिल मिजार।सिन्धुपाल्चोक दलाल पुजीवादको बिकास सगै दलित नेतृत्व पतन हुने अवस्थामा पुगेको छ भने समुदाय पनि भुत्ते हतियार जस्तो केही गर्न सक्ने अवस्थामा छैन।हालको नेतृत्व पंक्ति आफ्नो लागि मात्रै सचेत हुने र नेतृत्व गर्न चाहने प्रगतिशील सोचाइलाई निरुत्साहित पार्ने परिपाटीले दलित जिवनमा परिवर्तनको सम्वाहक देख्न सकिएको छैन।दलित समुदायले पनि दलित नेतृत्व माथी राख्ने आशामा कमि आएको छ भने मुलुकका ठुला युद्ध र आन्दोलन द्वारा स्थापित भएका अधिकारलाई समेत राज्यले दिनानुदिन हस्तक्षेप र कटौती गर्दैछ,दलाल दलित नेतृत्व र राज्यले सिङ्गो दलित आन्दोलनलाई नै तुहाइदिएको छन् ।

दलित हकहित र अधिकारका लागि आवाज उठाउने राजनिती पार्टी ,सरकारी तथा गैरसरकारी संघ सस्थाहरु र दलित मुक्तिको लागि प्रयत्नशील अभियान्ता मित्रहरूले दलित मर्मलाइ बुझ्नु जरुरी छ।दलित आन्दोलन कसैले कमाइखाने भाडो बनाउने आन्दोलन होइन ब्यक्ति र परिवारको मात्रै सेवा गर्ने समुह होइन सिङ्गो बर्गको
आर्थिक ,सामाजिक ,शैक्षिक ,राजनैतिक इत्यादि पक्षमा दलित जीवन उठाउने आन्दोलन हो ,दलित आन्दोलन !
दलित आन्दोलनले कस्तो मोड लिदैछ ?
दलित नेतृत्व कता छ ?
राज्यले दलित प्रती राख्ने दृष्टिकोण कस्तो छ?
नेपाली समाजले दलित प्रति गर्ने ब्यवहार कस्तो छ?
दलित समुदायलाई तिछोर्नु पर्छ यस्ता प्रश्नले।
• राज्यको दृष्टिकोणमा दलित
राज्यले योजनाबद्ध तरिकाले दलित जीवन धोस्त पार्दै गएको छ , अधिकार संविधानको धारा ४० मा देखाएर, दलित जिबन धोस्त पारेबापत आरक्षण कोटा देखाएर राज्यले दलितको मुखमा बिर्को लगाइदिएको छ। राज्यले दलितको लागि बालुवाको घर निर्माण गर्दिएको छ ,दलित भएकै कारण दलित जिबनलाइ टुक्राटुक्रा पारिदा समेत नजरअन्दाज गर्ने राज्य हो दलित प्रती राज्यको दृष्टिकोण कस्तो छ भन्ने कुरा बिहानको घाम झै छर्लङ्ग छ।
• हिन्दू शासित नेपाली समाज र दलित
नेपाली समाजको बिकासमा विशेषत: अस्त्र ,औजार र बस्त्र निर्माणको क्षेत्रमा दलितहरुको योगदान सबैभन्दा अग्रणि रहिआएता पनि हिन्दुशासित नेपाली समाजले दलितलाई अछुत नामक करार दियो र कुरिती कुप्रथा र कुसंस्कारलाई अङ्गालेर दलित जिबनलाई धोस्त पार्यो।अहिले हेर्ने हो भने दलितका पेसा माथी पनि पुर्ण रुपमा हस्तक्षेप भएको देखिन्छ।जातकै आधारमा ब्यवहार गर्छ नेपाली समाजले केही प्रगतिशील बिचार भएका गैर दलित ब्यक्तिहरुले पनि दलितलाई सहानुभूतिको दृष्टिमा हेरेको पाइन्छ यस्तो परिपाटीले दलित समुदाय उठ्न सकेको छैन ।

नेपाली समाज र राज्य ब्यवस्थाले दलितलाई कहिल्यै सम्मानको हैसियत दिएन।आजसम्म उनी र उनिहरुको योगदानलाई छाँयामा पार्न धृष्टता गरियो। दलित नेतृत्वलाई समेत राज्यले प्यार्लाइसिस बनाइदिएको छ भने केहिलाई दलाल ,दलित जिबनलाई अपमानको अंकुशमा उनेर अझै दलित आन्दोलनको पाङ्गग्रोलाई उल्टो फर्काउने धृष्टता कसैले गर्छ भने दलित समुदाय छ दमितहरुले लगाउने बिद्रोहको डढेलोले कसैलाई बाकी नराख्न पनि सक्छ।

उल्लेखित लेखका लेखक दलित एकता संजाल नेपालका केन्द्रिय सचीव पनि हुन् ।