अर्थभुमि र जनहित बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न


Spread the love

भदौ ७,दोलखा।भदौ महिनाको प्रहिलो सनिवारको अवसर पारेर सदरमुकाम चरिकोटमा रहेका अर्थभुमि र जनहित बहुउद्देश्यीय सहकारीले आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेका छन।सदरमुकाम चरिकोटमा रहेको अर्थभुमी बचत तथा ऋणि सहकारी संस्था र जनहित बहुउद्देश्यीय बचत तथा ऋणि सहकारी एकीकरण अघिको साधारणसभा सम्पन्न गराएका छन।जस अनुसार अर्थभुमिले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको छ।

यस अर्थभुमि सहकारीको कुल पुर्जी गत वर्ष १७ करोड ४८लाख ८१ हजार रहेकोमा यस वर्ष वृद्धि गर्दै २० करोड ४४ लाख ७६ हजार ७ सय जम्मा गर्न सफल भएको छ।अर्थभुमि सस्थाको शेयर पुर्जी यस वर्ष १ करोड ९९ सय लाख ८४ हजार दुई सय रहेको छ। भने संस्थाले एक वर्षको अवधिमा ३३लाख २८ हजार पाँच सय खुद नाफा गर्न सफल भएको अर्थभुमि सहकारीले जनाएको छ।

अर्थभुमि सहकारीमा ३२ सय ६४जना सदस्यले बचत गर्दै आएका छन्।त्यसैगरी जनहित बहुउद्देश्यीय सहकारी संस्थाले पनि एकीकरण अघिको आफ्नो १८औ बार्षिक साधारणसभा सनिवार नै सम्पन्न गरेको छ। जनहीत बहुउद्देश्यीय सहकारी संस्थाको कुल पुर्जी गत वर्ष २२ करोड १४ लाख ३३ हजार रहेकोमा यस वर्ष वृद्धि गर्दै २५करोड ५६ लाख ४१ हजार ९ सय जम्मा गर्न सफल भएको छ।

यस सहकारीको शेयर पुर्जी गत वर्षको तुलनामा यस वर्ष वृद्धि गर्न सफल भएको गत वर्ष १ करोड ९५ लाख ९३ हजार छ सय रहेकोमा यस वर्ष संस्थाको शेयर पुर्जी २ करोड ४२ लाख ६२ हजार दुइ सय पुर्याउन सफल भएको जनहित बहुउद्देश्यीय सहकारीले जनाएको छ। यस संस्थामा २ हजार १७ जना सदस्यले बचत गर्दै आएका छन्।अर्थभुमि र जनहित बहुउद्देश्यीय सहकारीको एकीकरणको सयुक्त साधारणसभा पछि दुबै संस्थाको कुल पुर्जी ४६ करोड १ लाख १८ हजार ६ सय पुग्ने छ। सदस्य संख्या ५ हजार २ सय १८ जना पुग्ने सहकारीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)