५ युवा १८ दिनदेखि कोरिया विमानस्थलमा अलपत्र


Spread the love
पञ्चपुरी नगरपालिकाको गैरकानुनी कार्य,दलाललाई जिम्मा लगाएर भारत हुँदै पठाइयो

दक्षिण काेरिया।क्षेत्राधिकारभन्दा बाहिर गएर सुर्खेतको पञ्चपुरी नगरपालिकाले अवैध बाटोबाट दक्षिण कोरिया कामदार पठाउँदा ५ युवा अलपत्र परेका छन्।मौसमी कामदारको रुपमा कोरिया प्रवेश गर्न लागेका ५ नेपाली युवा १८ दिनदेखि यहाँको इन्छन विमानस्थलमा अलपत्र परेका हुन्।

पञ्चपुरी नगरपालिकाले कोरियाको ख्यङगीदो प्रान्तको पोछन नगरपालिकासँग ३ महिनाका लागि मौसमी नेपाली कामदार पठाउने सम्झौता गरे पनि नगरपालिकाले गैरजिम्मेवारीपूर्वक दलाललाई जिम्मा लगाएको पाइएको छ। स्थानीय तहलाई कामका लागि युवा विदेश पठाउने क्षेत्राधिकार नभए पनि युवाहरुलाई कोरिया पठाइएको हो।

दुवै देशका नगरपालिकाहरुबीच आपसमा सम्झौता गरेर तोकिएको समयमै नेपाली कामदार कोरिया पठाउनुपर्नेमा पञ्चपुरी नगरपालिकाले दलाललाई जिम्मा दिएर प्रक्रिया लम्ब्याएको पाइएको छ। विमानस्थलमा कामदार अलपत्र परेको समाचार कोरियाका स्थानीय पत्रिकाले प्रकाशित गरेका छन्। साथै, दुई नगरपालिकाबीच कामदार आपूर्ति गर्ने सम्झौता भएको पनि समाचारमा उल्लेख छ। समयावधि सकिएर कोरिया पुगेका कामदारलाई विमानस्थलले रोकेको हो।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)