सहमतिमा सेक्स:बजारमा आयो दुबैजनाले खोल्नु पर्ने कण्डम


Spread the love

काठमाण्डौं।मानिसहरुले सुरक्षीत यौन सम्पर्कको लागि कण्डमको प्रयोग गर्ने गर्दछ। त्यती मात्र नभई गर्व निरोधको लागि यो अत्यन्तै सुरक्षित समेत मानिन्छ ।जमाना अनुसार कण्डम पनि बिभिन्न प्रकारको आउने गरको त तपाईहरुलाई थाहा नै भएको कुरा हो । यस्तैमा आज हामी तपाईहरुलाई यस्तो अनौठो कण्डमको बारेमा जानकारी दिन गईरहेका छौं । जो अलि अनौठो रहेको छ। साधरण तया कण्डम प्रयोगको लागि मानिसहरु जस्ले लगाउने उसैले मात्र खोल्न सक्ने अवस्था थियो । तर अबचाहिँ बजारमा यस्तो कण्डम आउनेवाला छ जसको प्याकेट एक्लै खोल्न सकिने छैन ।

अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्यूलिपनले यस्तो कण्डम डिजाइन गरेको छ, जुन कण्डम को प्याकेट खोल्नका लागि एक जना मानिस हैन दुबै जना चाहिन्छ । यो कण्डमको प्याकेट खोल्नका लागि दुई हातले सकिँदैन, चारवटा हात चाहिन्छ । सुरक्षित सेक्स तथा सहमतिमा हुने सेक्सलाई बढावा दिनका लागि कन्सेन्ट नामको यस्तो कण्डम डिजाइन गरेको बताईन्छ । कण्डमको प्याक दुवैै जनाले समाएर खोल्नु पर्दछ ।सुरक्षित सेक्सको आधार भन्दै कम्पनीले यो विशेष कण्डमको भिडियो आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)