मन्थलीमा संचालित हार्डवयर पसलहरुले म्याद गुज्रिएका सामान बच्दै


Spread the love

कालिञ्चाेक संम्वाददाता।रामेछाप भदौ १८,रामेछापको सदरमुकाम मन्थलीमा संचालित विभिन्न हार्डवयर पसलहरुले म्याद गुज्रिएका सामानहरु विक्रि बितरण गर्ने गरेको पाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी , घरेलु तथा साना उद्योग विकास समिति ,रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार सहितको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

अनुगमन टोलीले वि.एस हार्डवयर एण्ड सप्लायर्सबाट एक लिटरका ३० बट्टा डाफे इनामेल ,लक्की हार्डवयर एण्ड सप्लायर्सबाट एक लिटरका ३२ बट्टा म्याद गुज्रिएका एपोलो इनामेल जफत गरेको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नयव सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए । उनले रेजिना भाडा पसलबाट स्थानीय चलन चल्तीका एउटा सिल्भरको पाथि पनि जफत गरेको बताए ।

उनले म्याद गुज्रिएका सामान बेच्चे हार्डवयर पसलहरुलाई सच्चीन आवश्यक निर्देशन दिएको बताए । यदि दिएको निर्देशनको व्यवास्था गरी यस्ता कमजोरी फेरी पनि दोहोरिए कानुन अनुसार कारवाहि गरिने उनको भनाई छ । अनुगन टोलीले रामेछापको सदरमुकाम समेत रहेको मन्थली बजारमा संचालित ५ वटा हार्डवयर पसल र ३ वटा भाडा पसलहरुको अनुगमन गरेको हो ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)