सुन्द्रावतिमा खोलाले कार बगाउँदा १जनाकाे मृत्यु,२ घाइते


Spread the love

दोलखा।भदौँ २०,दोलखाको उत्तरी भेग तर्फ पर्ने कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।अविरल वर्ष पछि बढेको खोलाले कार बगाउँदा तामाकोसि गाउँपालिका वडा नम्वर ३ जफेका २४ बर्षिय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोसि गाउँपालिका ३ का ३१ वर्षिय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोसि गाउँपालिका २ का पवन पौडेल घाईते भएका छन् ।

घाईते दुबै जनाको अवस्था सामान्य रहेको र सदरमुकाम चरिकोटमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सिंगटीबाट चरिकोट तर्फ आउँदै गरेको ईकोस्पोट बा १९ च ४३९० नम्वरको कार गएराती साँढे ११ बजेको समयमा अविरल पर्ष पछि वढेको स्न्द्रावती खोला तर्ने क्रममा खोलाले बगाएको हो । अविरल बर्षसँगै खोला बढेकाले घट्ना भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका ईन्सपेक्टर रेशम बोहोराका अनुसार मृतकको शव पोष्टमार्टमका लागि चरिकोट अस्पताल ल्याईएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)