रामेछापमा यसरी मनाइयो मानव बेचबिखन तथा ओसारपसारका बिरुद्धमा १३ औँ राष्ट्रिय दिवस


Spread the love

कालिञ्चाेक संवाददाता।रामेछाप।भदौ २०,रामेछाप जिल्लाका सरोकारवालाहरुले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध एकताबद्ध भएर आगडि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्थली नगरपलिकाले जिल्ला सदरमुकाम मन्थलीमा शुक्रवार आयोजना गरेको मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औ राष्ट्रिय दिवसका अबसरमा आयोजित प्रबचन कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले यस्तो बताएका हुन् । “सरकारको प्रतिबद्धताः मानब बेचबिखन र ओसार पसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि एबं जिल्ला सामन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले मानब बेचबिखन तथा ओसारपसार गर्नु जघन्य अपराध भएको भन्दै यसका बिरुद्ध काम गर्न सबै एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष एबं मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगर क्षेत्र भित्र हुने मानवबेचखिन तथा ओसारपसार नियन्त्रण गर्न नगरपालिका जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । मन्थली नगरापलिकाका उपप्रमुख माया कुमारी कार्कीले दिवस मनाएर मात्र मानव बेचबिखिन तथा ओसार पसार नियन्त्रण नहुने भन्दै चेतना मुलक कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिइन् ।प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले रामेछाप जिल्लामा ३ बर्ष यता एउटा मात्र मानव बेचबिखन तथा ओसारपसारको उजुरी परेको भन्दै आगामी दिनमा पनि यस्ता अपराधिक कृयाकलाप हुन नदिन सवै एक भएर लाग्नुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि वडा स्तर देखिनै चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औ राष्ट्रिय दिवसका अवसरमा मन्थली नगरपालिकाले प्रभातफेरी, प्रबचन र रेडियो संबाद कार्यक्रमको आयोजना गरी मनाएको छ ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)