दक्षिण कोरियामा अहिले सम्मकै शक्तिशालि आँधी,सजक रहन विज्ञयकाे सुझाव


Spread the love

काेरिया।भदाैँ २१,दक्षिण काेरियामा द्रुत गतिमा कोरिया भित्रिदै गरेको अहिले सम्मकै शक्तिशाली आँधी लिंङ्लिङले अाज शनिवार बिभिन्न क्षेत्रमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ।यो बर्षको आंधी लिंङ्लिङ जापानको ओकिनावाबाट २० देखि ३० किलोमिटर प्रतिघन्टाको दरले कोरिया भित्रिने क्रममा रहेको कोरियाली मौसम बिभाग केएमएले जनाएको छ।सजक रहन बिहानै देखि स्वादेशी तथा विदेशी नागरिकको माेबाईलमा म्यासेज पठाईएकाे छ।उक्त आँधीले उच्च बर्षा समेत गराउने अनुमान गरिएको छ।

उक्त आंधीको चाँप ९४० हेक्टोपास्कल तथा गति ४७ मिटर प्रति सेकेन्ड छ।यो गतिले कार ,जाहाजलाई अनियन्त्रित गर्नुका साथै रुखहरु समेत उखेल्न सक्ने बताइएको छ।मौसम विभागले कोरियाका बिभिन्न टापुमा आंधीको गति ५५ मिटर प्रति सेकेन्डसम्म हुन सक्ने बताएको छ।यसले कोरियामा ठुलो क्षति निम्त्याउन सक्ने भएकोले सचेत अबस्थामा रहन सुझाब दिइएको छ।आँधीले जेजु टापु तथा राजधानी सियोललाई समेत क्षति पुर्याउने अनुमान छ।हावाको गति जेजुमा १५० किलोमिटर प्रतिघन्टा हुने छ भने सोहि समयमा सियोलमा १४० किलोमिटर प्रतिघन्टाको बेग रहने बताइएको छ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)