मादक पदार्थ सेवन गरेर झगडा गर्दै हिड्ने ४० जनालाई कारबाही


Spread the love

दोलखा।२१भदौ,(चरिकोट)।पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चरिकोटमा मादक पदार्थ सेवन गरेर झै-झगडा गर्नेको संख्याका घटना वृद्धि भएको पाइएको छ।जिल्ला प्रहरी कार्यालय दोलखाले एक महिनाको अवधिमा ४० जना मादक पदार्थ सेवन गरेर झै झगडा गर्दै हिड्ने व्यक्तिहरु लाई कारबाही गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चरिकोटका सूचना अधिकृत प्रहरी सेते तामाङका अनुसार जिल्लाको सदरमुकाम चरिकोटबाट मादक पदार्थ सेवन गरेर झैझगडा गर्दै हिड्ने ४० जनालाई समातेर कारबाहीको दायरामा ल्याएको बताए।त्यसैगरी २२ जनालाई कानुनी जरिवाना गरेर छाडिएको छ भनी ९ जनालाई जिल्ला ट्राफिक कार्यालय चरिकोट लाई बुझाएर जरिवाना असुल गरेको छ।झैझगडा गर्दै हिड्ने ४ जनालाई भनी साधारण तारीखमा जिल्ला प्रहरी कार्यालय बोलाउदै कारबाही गरिरहेको सूचना अधिकृत तामाङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)