दक्षिण कोरियामा तिब्र गतिको आँधीले १को मृत्यु,सयौँ दुर्घटना


Spread the love

काेरिया।भदाैँ २२,दक्षिण कोरियामा हिजो शनिबार बिहानदेखी शुरु भएको अत्यधिक तिब्र गतिको हावाहुरी (टाईफुन) र भारी बर्षाको कारण एक जनाको ज्यान जानुका साथै देशैभरी सयौँ सानातिना घटनाहरु भएका छन।कोरियाको दक्षिण पश्चिम क्षेत्रबाट करिब १५० किलोमिटर प्रतिघन्टाको गतिमा आएको उत्त शक्तिशाली हुरीका कारण कोरियाकाे बोरेङमा ७० बर्षिय बृद्द महिलाको ज्यान गएको उद्दारकर्मीले बताएका छन ।लिङलिङ नामक उक्त हुरीले देशैभरी सयौँ घटनाहरु भएको छ।

ठाउँठाउँमा रुखहरु भाँचिने,कच्चि घरका छानोहरु उडाएको छ।जसका कारण कोरियाबाट उडान हुने करिब ३०० उडानहरु रद्द गरिएको मौषम बिज्ञान बिभागले जनाएको छ।करिब १५० अन्तरास्ट्रिय उडान तथा १२० डोमेस्टिक उडानहरु उक्त हुरिका कारण रद्द भएको एयरपोर्ट अधिकारीहरुले बताएका छन।अत्यधिक हावाहुरी लागेका सडकहरु,पुल जस्तै ईन्छन ब्रिज जसमा सजिलै गाडीहरु पल्टिने सम्भावना भएका क्षेत्रहरु बन्द गरिएको उद्दारकर्मीहरुले बताएका छन।भने उक्त अाँधी हिजो शनिबार बेलुका करिब ६ बजे पश्चात् राेकिएकाे थियोे।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)