राष्ट्रिय स्तरको खेलमैदान चरिकोटमा निर्माण हुँदै


Spread the love

दोलखा,२३भदौ। दोलखा जिल्ला भौतिक,सास्कृतिक  संरचना र पर्यटकिय धार्मिक सम्पदा निर्माण भएसंगै खेलमैदानमा पनि बिकास हुनेभएको छ। दोलखाको पुरानो चर्चित खेलमैदान को स्तरवृद्धि गरेर राष्ट्रिय स्तरको खेलमैदान निर्माण हुने भएको छ।सदरमुकाम चरिकोटको सरकारी कार्यालयहरुको बिचमा रहेको चरिकोट टुडिखेल खेलमैदानमा बिगत लामो समयदेखी जिल्ला स्तरीय खेल कार्यक्रम हुँदै आएको छ।जिल्ला प्रमुख खेलमैदानको रूपमा रहेको यस खेलमैदान यसै आर्थिक वर्षबाट एन्फाको मापदण्ड अनुसार स्तरउन्नति गर्न लागिएको जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष गोबिन्द श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार चरिकोट खेलमैदानलाई स्तर उन्नति गर्न एन्फाको १० लाख आर्थिक सहयोगमा खेलमैदानको माथिल्लो साइडमा गाडी,मोटरसाइकल छिर्न नदिन तारजाली निर्माण गरिएको र भिमेश्वर नगरपालिकाले खेलमैदानलाई व्यवस्थित बनाउदै राष्ट्रिय मापदण्डअनुसारको बनाउन विनियोजन गरेको एक करोड ६५ लाख बजेटको व्यवस्था गरिदिए पछी स्तरउन्नतिको काम सुरु गरेको हो।

सदरमुकाम चरिकोट रहेकोे यस खेलमैदानमाअघिल्लो आर्थिक वर्षहरुमा ९०-५५ मिटर लम्बाई चौडाइ रहेकोमा स्तरवृद्धि भएपछी खेलमैदानको लम्बाई राष्ट्रिय खेलकुद मापदण्ड अनुसार ११०मिटर लम्बाई र ६४ मिटर चौडाईको खेलमैदान निर्माण हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए।खेलमैदानलाई बजेट विनियोजित भएपछि जिल्लाको सिम्पानी कन्ट्रक्सन प्रालि ठेकेदार कम्पनीलाई काम दिएर स्तरवृद्धिको कामसुरु गरेको हो।

ठेकेदार कम्पनी सिम्पानीले खेलमैदानको चारकुनाको लम्बाई र चौडाइ बढाएर ११०-६४ बनाउने छभनी खेलमैदानको तल्लो भागमा ग्याबेन वल निर्माण गरेर पुरानो ग्राउन्ड खेलमैदानको लेभल मिलाउनु पर्ने छ।त्यसैगरी पुरानो मंच भत्काएर खेलमैदानको भित्ता साइडमा नयाँ खेलहेर्ने दर्शक बस्ने प्याराफिट निर्माणहुने छ।चरिकोट खेलमैदान टुडिखेल राष्ट्रिय स्तरको खेलमैदानको रूपमा आगामी पौष भित्र निर्माण भैसक्ने निर्माण कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)