मन्थली बजारमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन


Spread the love

कालिञ्चाेक संवाददाता

रामेछाप । भदौ २३,नेपालीहरुको महान चाड वडा दशै नजिकिएसंगै जिल्लाको बजार क्षेत्रहरुको अनुगमनलाई कडाई गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नेतृत्वको संयुक्त अनुगमन टोलीले जिल्ला सदरमुकाम मन्थलीमा संचालित खाद्यान्न पसलहरुको अनुगमन गरी ठुलो परिणामा सुर्तीजन्य र अखाद्य बस्तुहरु जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेल नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति , जिल्ला प्रहरी कार्यालय , रामेछाप उद्योग बाणिज्य संघ र पत्रकार महासंघ सहितको संयुक्त अनुगमन तोलीलीले इजाजत बिना विक्रि गरिरहेको सुर्तीजन्य समान , म्याद गुज्रिएका अखाद्य बस्तु , जुस तेल लगाएतका सामाग्री जफत गरेको हो ।

मन्थलीमा संचालित एस.के.एस स्टोर्सबाट इजाजतबिना विक्रि गरिरहेको ७ केजी सुर्ती र म्याद गुज्रिएको ठुलो ड्यु ३ बोतल, एस एण्ड एस किराना पसलबाट विना इजाजत बिक्रि गरिरहेको खैनी एक प्याकेट र एक पेटी चुरोट र सन्तोष किराना पसलबाट म्याद गुज्रिएको १२ वोतल जुनारको जुस जफत गरिएको अनुगमन टोलीका संयोजक एवं जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिए ।

उनले न्यु जनरल सफ स्टोर्सबाट म्याद सकिएको एक कार्टुन कुकिज ,आर.डी कोल्ड स्टोर्स एण्ड सप्लायर्सबाट म्याद सकिएको २४ बोत तेल,पिके कोल्ड स्टोर्सबाट म्याद सकिएको जुस ३ बोतल ,उप्रेती स्टोर्सबाट म्याद सकिएको ठुलो एक बोरा बिस्कुट जफत गरिएको बताए । त्यसैगरी रमेश किराना पसलबाट म्याद सकिएको जुस २ बोतल ,गौरीशंकर कोल्ड स्टोरबाट म्याद सकिएको जुस २ बोतल र अन्य विभिन्न पसलहरुबाट इजाजत नलिई विक्रि गरिरहेको २० प्याकेट खैनी जफत गरिएको नायब सुब्बा भुजेलको भनाई छ । उनले जिल्ला प्रशासनको अगुवाइमा पटक पटक बजार अनुगन गरी आवश्यक निर्देशन दिदा पनि व्यवसायीहरुले व्यवास्ता गर्ने गरेकाले बजार अनुगमनलाई थप कडा बनाइने बताए ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)