बैयेश्वर गाउँपालिकामा निर्माण भयो ४ सय जना अटाउने सहिद स्मृति भवन


Spread the love
फोटो:-निर्माणधिन गाउँपालिका केन्द्र पाँडुडाडा

दोलखा।२४,भदौ दोलखाको बैतेश्वर गाउँपालिकामा ३नम्बर प्रदेशको आर्थिक सहयोगमा करिब ४ सय जना अटाउने भवन निर्माण सम्पन्न भएको छ।सहिद भवन निर्माणका लागी प्रदेश सांसद विशाल खड्काको पहलमा आफ्ना सहिद दाइ रितबहादुर खड्का नाममा स्मृति भवनका लागि ३ नम्बर प्रदेश सरकारले ४४ लाख बजेट उपलब्ध गराएको र करिब ५० लाख लागतमा  एकैपटक करिब चारसय जना अटाउन सक्ने भवन (हल) निर्माण सम्पन्न गरिसकेको गाउँपालिकका अध्यक्ष छवि लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार कार्यालय लाई आवस्यक पर्ने केहि भवन निर्माण सम्पन्न भइसकेको हुँदा अबको केहि महिना भित्र गाउँपालिकाले आफ्नै स्थल केन्द्र पाडुडाडा कार्यालय सारेर सेवा बिस्तार गर्ने तयारीमा रहेको उनले बताए।अध्यक्ष लामाले तत्काललाई कार्यालय सञ्चालन गर्न केही कोठा निर्माण अवस्थामा रहेको हुँदा सबै कर्मचारी र कार्यालय राख्न अपुग हुने भएकाले माथिल्लो निकायमा सहयोगका लागि अनुरोध गरिरहेको बताए ।अहिले गाउँपालिकाले निर्माण गरेको पक्की भवनमा सातवटा कोठा छन् ।

अध्यक्ष लामाले उक्त भवन बहुवर्षीय ठेक्काका आधारमा क्रमशः थप्दै लगिने भए पनि तत्काललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । त्यसैगरि बैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा आन्तरिक आन्दानी राजस्व १ करोड ३१लाख ४ हजार जम्मा गर्न सफल भएको छ।गत वर्षको तुलनामा समान्य रुपमा ८ प्रतिशतले वृद्धि गर्न सफल भएको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काले जानकारी दिए।उनका अनुसार पालिकाले आफ्नै कार्यालय भवन निर्माणका लागि एक करोड ९५ लाख र चिस्यान केन्द्र निर्माण गर्न ७५ लाख बजेट विनियोजन गरेर भवन निर्माणको काम तीब्र रूपमा गरिरहेको प्रमुख अधिकृत खड्काले जानकारी दिए।

५० लाख बराबरको सहिद स्मृति भवन निर्माण सम्पन्न भइसकेको छभनी बाकी दुईवटा भवनको काम पनि  अन्तिम अवस्था रहेकोे छ।एक करोड ९५ लाख बराबरको पालिकाको कार्यालय भवन र  ७५ लाख बराबरको चिस्यान केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ। त्यसैगरी आठ वटा वडा मध्य चारवटा वडाले पनि आफ्नै भवन निर्माण सम्पन्न गरिसकेको गाउँपालिकका प्रमुख इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिए।

निर्माणधिन अवस्था रहेका दुबै वटा भवन अबको ३ महिना भित्र सम्पन्न हुने छन्।बैतेश्वर गाउँपालिका केन्द्रमा आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माणमा झन्डै ३ करोड बजेट खर्चिएको गाउँपालिकका उपाध्यक्ष रबि चन्द्र आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)